काठमाडौं/२१ वैशाख-अहिले देश स्थानीय निर्वाचनमा होमिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीति दल तिव्र प्रचार प्रसारमा लागिरहेका छन् ।
पार्टी प्रति आस्था राख्दै भोट हालेपनि शिक्षकहरु खुलेर राजनीति दलमा लाग्न पाउने की नपाउने भन्ने बहस चलिरहेका बेला केही शिक्षकहरुले आफुले समर्थन गरेको राजनीति दललाई झण्डा सहयोग गरेको पाइएको छ ।
यसै सन्दर्भमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई सहयोग गर्ने भन्दै नेपाल शिक्षक संघ उर्लाबारीले नपाली कांगे्रस उर्लाबारीलाई प्रचार प्रसारका सामग्री सहयोग गरेको छ । शिक्षक संघमा आवद्ध शिक्षकहरुसँग रकम संकलन गरि सहयोग गरेको हो ।
एक कार्यक्रमका विच नेपाल शिक्षक संघ नगर अध्यक्ष चुडामणि नेपाल र नेपाल शिक्षक संघ संघीय प्रतिनिधि कुमार पोख्रेलले निर्वाचन परिचालन समितिका नगर संयोजक र सभापतिलाई संयुक्त रुपमा सहयोग सामाग्री हस्तान्तण गरेको जनाएका छन् ।
उनीहरुले नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुबाट नगद रु तीस हजार संकलन गरी कपडा किनेर सिलाउन लगाई १ मिटर साइजको चारतारे झण्डा २३१ थान र रुख मात्र भएको १ हजार थना सहयोग गरेको जनाएका छन् ।





