काठमाडौं/१४ चैत–शिक्षक सेवा आयोगले प्राथमिक तहमा शिक्षकको नयाँ पदपूर्तिको लागि खुला गरेको विज्ञापनमा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका छन् । प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक पदका लागि १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका हुन ।
आयोगले चैत १९ गते शिक्षकको नयाँ पदपूर्तिको लागि प्राथमिक तहको परीक्षा सञ्चालन गर्दैछ । साथै जिल्ला स्तरमा सञ्चालन हुने प्राथमिक तहको तृत्ीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक (सामान्य) परीक्षाको लागि केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरिसकेको छ ।
त्यसैगरी १५ गते माध्यामिक तहको, १७ गते निम्न माध्यामिक,१९ गते प्राथमिक तहको र २१ गते तिनै तहको बढुवा परीक्षा सञ्चालन गर्दैछ ।




