काठमडौं/१३ चैत–शिक्षक सेवा आयोगले १९ गते हुने प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको केन्द्र परीवर्तन गरेको छ ।
चैत ६ गते प्रकाशन भएको परीक्षा केन्द्र मध्ये कोटेश्वर सरस्वती मावि कोटेश्वर (क) र कोटेश्वर सरस्वती मावि कोटेश्वर (ख) को केन्द्र परीवर्तन गरी ग्रामर पब्लिक स्कुल कोटेश्वर (क) ग्रामर पब्लिक स्कुल कोटेश्वर (ख) कायम गर्ने निर्णय गरिएको जनाएको छ ।




