हुनेखानेका छोराछोरी ठुल्ठुला स्कुलमा र गरिबका पढ्न नपाउने विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौं /२७ फागुन-भेदभाव विना सर्वसुलभ उपचार र शिक्षा पाउनुपर्ने बताउँदै उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्य क्षेत्रमा धनी र गरिब बीचको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ ।


शुक्रवार एक कार्यक्रममा बोल्दै धनीहरुले शिक्षा र स्वास्थ्यमा अवसरहरू धेरै पाए पनि गरिबहरूले अवसरबाट वञ्चित हुनु परेको अवस्थाबाट वञ्चित हुनुपरेको बताउनु भएको हो ।


भन्नुभयो, हुनेखानेका छोराछोरी ठुल्ठुला स्कुलमा र विदेशमा पढ्न जाने अवस्था छ तर गरिबहरू पढ्न नपाएर शिक्षाबाट पनि वञ्चित भएको अवस्था छ ।’ त्यस्तै ‘धनी र गरिब भएकै कारण कसैले उपचार पाउने, कसैले उपचार नपाउने जस्ता समस्या छ, यसको अन्त्य हुनुपर्छ ।