पोखरा विश्वविद्यालयद्धारा प्राध्यापक,सह-प्राध्यापक र उप-प्राध्यापकमा स्थायी पदपुर्तिका लागि आवेदन माग

कास्की/१४ फागुन-पोखरा विश्वविद्यालय सेवा आयोगले प्राध्यापक,सह प्राध्यापक र उप प्राध्यापक रिक्त पदपुर्तिका लागि आवेदन माग गरेको छ । खुला प्रतियोगिताबाट विभिन्न विषय तथा समुहमा स्थायी पदपुर्तिका लागि आवेदन माग गरेको हो ।


विश्वविद्यालयले १७ जना प्राध्यापक,सह पा्रध्यापक र उप प्राध्यापकका लागि आवेदन मागेको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरीकहरुले चैत्र १४ गतेसम्म नियमित शुल्कमा र चैत्र २१ गतेभित्र देब्बर दस्तुरमा आवेदन दिनुपर्ने छ ।


त्यसैगरी विश्वविद्यालयमा रिक्त रहेको प्राध्यापक र सह प्राध्यापक पदमा आन्तिरीक प्रतियोगिताबाट पदपूर्ति गर्न पोखरा विश्वविद्यालय र त्यस अन्तर्गतका विभिन्न कार्यलयहरुमा वा निकायमा सम्बन्धित पदमा एक तह मुनीको पद र विषयमा तोकिए बमोजिमको न्यूनतम योग्यता र ५ वर्ष स्थायी सेवा पूरा गरेका योग्य उम्मेदवारहरुका लागि दरखास्त दिन सूचित गरेको छ ।