काठमाडौं/२ फागुन-शैक्षिक परामर्श संगठनहरुले शैक्षिक परामर्श क्षेत्रको समग्र व्यावस्थापन बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालय द्धारा जारी शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ मान्नेका लागि मात्र बाध्यकारी भएको तर नमान्नेका लागि केहि नभएको जानकारी गराउँदै शैक्षिक परामर्श क्षेत्रको समग्र व्यावस्थापन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।
ध्यनाकषर्ण पत्रमा ईक्यानका अध्यक्ष प्रकाश पाण्डे, फेकनका अध्यक्ष बासुदेव नेपाल, आइरीनका अध्यक्ष मनोज पराजुली नायरका अध्यक्ष विज्ञान श्रेष्ठ, जालसानका अध्यक्ष झमकलाल श्रेष्ठ र शैक्षिक परामर्श महासंघ निर्माण समितिका संयोजक राजेन्द्र बरालले हस्ताक्षर गरेका छन् ।
ध्यनाकर्षण पत्रमा शैक्षिक परामर्श सेवा क्षेत्रको व्यावसायीक प्रकृति अनुसार संघीय सरकारको कार्यक्षेत्र भित्र राख्नुपर्ने विषय यद्यपी टुगिंन नसकेकाले संक्रमणकालिन व्यस्थापकीय समन्वय समुचितको सम्बोधन नभएको अवस्थामा दिन प्रतिदिन अमर्यादित एवं अनियमित कृयाकलापहरु भइरहेको उल्लेख गरीएको छ ।
सञ्चालन स्विकृति पाएका संस्थहरुको अबिलम्ब नविकरण गर्नुपर्ने, संचालन स्विकृतिको प्रक्रियामा रहेका र मन्त्रालयबाट अनुगमन भैसकेका संस्थाहरुको विषयमा तत्कालै निर्णय लिइनुपर्ने,स्विकृतिको लागि आवेदन दिएकाहरुलाई अनुगमन तथा स्विकृतिको प्रकृया पुरा गरीनु पर्ने र सेवा सञ्चालन स्विकृति नलिई व्यावसाय गरीरहेका अमर्यादित प्रचार प्रसार, विज्ञापन तथा भर्नामा सरिक रहेका अनधिकृत व्याक्ति र संस्थाहरुका सवालमा मन्त्रालयबाट कडा कार्वाहीको प्रकृया अघि बढाउन माग गरीएको छ ।
पत्रमा भनिएको छ “विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले शिक्षा मन्त्रालयको शैक्षिक परामर्श व्यावसायमा विदेशी लगानी आमन्त्रण गरीनु हुँदैन भन्ने स्पष्ट राय तथा स्वदेशी सरोकारवालाहरुको तिब्र विरोध हुँदाहुँदै पनि कुल लगानिको ५१ प्रतिशत भन्दा माथी मात्र विदेशी लगानी ल्याउन पाउने व्यावस्था भएको तर लगानीको न्युनतम अंक उद्योग मन्त्रालयले तोक्ने व्यवस्था रहेको छ । हामी यस क्षेत्रमा विदेशी लगानीलाई आमन्त्रण गर्न हुँदैन भन्ने विषयमा गम्भिरतापुर्वक उठान गर्न चाहान्छौं ।”
त्यसैगरी शैक्षिक परामर्श क्षेत्र ठुलो लगानी नहुने तथा ठुलो आर्थिक क्षेत्र नभएकाले यसलाई व्यावस्थित र मर्यादित बनाउन आवश्यक रहेको जनाउँदै यस क्षेत्र व्यवस्थित गर्न कुनै धरौटी वा ठुलो रकम सेवा सञ्चालन स्विकृतिको माग गर्नुपर्ने अवस्था नरहेको ध्यानकर्षण पत्रमार्फत जानकारी गराइएको छ । साथै मन्त्रालयमा निति बन्ने काम भइरहेको, ठुलो रकम धरौटि राख्नुपर्ने राखनुपर्ने लगायतका विषय उक्तनितिमा समावेश भएको समाचार विभिन्न सञ्चार माध्यममा आईरहेको सन्दर्भमा सरोकारवाला संघ संस्थाहरुसँग कुनै सल्लाह नभएको र सबै सरोकारवालाहरु सँगको छलफलपश्चात मात्र नियमावलीको तर्जुमा गर्न आग्रह गरेको छ ।








