शिक्षकहरुको उमेरहद्को विषय वार्ता मार्फत समाधान गर्नुपर्छ : शिक्षामन्त्री

काठमाडौं /२६ माघ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवाआयोग शिक्षक मैत्री हुनपर्ने बताएका छन् । शिक्षक सेवाआयोगको २३ औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।


शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।


“शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज छ,” उनले भने,“शिक्षक सम्मानित पेशा हो यसलाई दिगो बनाई राख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनप¥यो ।”


उनले शिक्षक सेवा आयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उतिकै भूमिका रहनेमा जोड दिए । शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया अगाडि बढाएको भन्दै अध्यापन अनुमतिपत्रको विज्ञापन पनि चाँडै खोल्न निर्देशन दिए ।


शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन प्रक्रिया अगाडी बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने बताए ।


एक्सन पछि रियाक्सन हुने भन्दै शिक्षकहरुको उमेरहद् विषयलाई वार्ता मार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


यस्तै, राज्यमन्त्री बोधकुमारी माया यादवले तीनै तहको विज्ञापन र आन्तरिक बढुवाको प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरीन ।


विगतका कमि कमजोरीलाई सच्याउँदै जानुपर्ने बताउँदै उनले आयोगलाई थप उत्कृष्ट बनाउन कर्मचारीसँग सहकार्य गरी अघि बढ्ने बताईन ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सचिव यादवप्रसाद कोइरालाले शिक्षकहरुलाई आफ्नो जिम्मेवारी प्रति बफदार हुनुपर्ने बताए ।शिक्षक सेवाआयोगको परीक्षा माथि विभिन्न प्रकारका प्रश्न उठ्न सक्ने भन्दै लोक सेवा आयोगले जस्तै परीक्षामा पारदर्शी हुनेमा विश्वास व्यक्त गरे । उनले लिडरको भिजनले नयाँ काम गर्न सकिने बताउँदै चुनौतिसँग जुध्दै सवल पक्षलाई ग्रहण गर्दै अघि बढ्नुपर्ने बताए ।


यस्तै आयोगका अध्यक्ष मधुसुदन रेग्मीले आयोगले सञ्चालन गर्ने परीक्षा स्वतन्त्र र मर्यादित हुने भन्दै २ लाख ३५ हजार ५ सय बढीले रीक्त शिक्षक पदका आवेदन दिएको जानकारी गराए ।