चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउन मन्त्रीपरीषद्को स्विकृति

काठमाडौं /१७ माघ-सरकारले शिक्षक अस्पताल निर्माणका लागि स्विकृति दिएको छ । आज बसेको मन्त्रीपरीषद्को बैठकले शिक्षक अस्पताल निर्माणका लागि स्विकृति दिएको हो ।


बैठकले चितवन भरतपुरको महानगरपालिकामा शिक्षक अस्पताल निर्माण गर्न स्विकृति दिएसँगै शिक्षक अस्पताल बन्ने भएको छ । तिन सय बेडको शिक्षक अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन निर्णय भएको हो ।


शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने प्राथमिकतामा राख्दै प्रतिवेदन बुझाएको थियो ।


समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विगा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।


संघीय शिक्षक अस्पतालका लागि हाल ३०० शैया क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाउने सोको लागि नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने निष्कर्षसमेत समितिले निकालेको छ ।


अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।