चितवन/१३ माघ -व्रिटिटिश काउन्सिल इन्टरनेशनल स्कूल अवार्ड (आइएसए) एक बेन्च मार्किङ योजना हो जसले स्कूलहरुको लागि एक उत्कृष्ट स्तरको लयले अघि बढ्नका लागि युवा विद्यार्थीहरुमा वैश्विक नागरिकको क्षमताको पोषण र शिक्षण र सिकाइमा समृद्ध हासिल गराउँछ । यसले विद्यार्थीहरु, शिक्षकहरु र सम्पूर्णतामा स्कूलभित्र एक सकारात्मक प्रभाव बढाउन सहयोगी रहन्छ । यसवाट अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त गर्ने प्रमुख लाभ पनि लिन सकिने अवस्था बन्छ ।
आइएसए नेपालमा सन् २०१२ बाट शुरु गरिएको थियो र अहिले सम्म देश भरमा लगभग ४सय ९३ स्कूलहरु तब देखि यो रोमाञ्चक यात्रामा सामेल भएका छन् । हाल सम्म जम्मा १ सय ४६ विद्यालयहरुले मात्र फूल अवार्ड प्राप्त गरेका छन् । हालका दिन सम्म इन्टरनेशनल स्कूल अवार्ड विश्वव्यापी ३४ भन्दा बढीदेशहरुमा लागु भएको छ ।
चितवनको कालिका नगरपालिकामा रहेको सामुदायिक मावि भीमोदय नमुना माध्यमिक विद्यालयले वर्ष २०२१/२०२४ को इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गर्न सफल भएको छ । बुधबार भर्चुअल कार्यक्रम मार्फत शिक्षा तथा विकास श्रोत केन्द्रका प्रमूख चुडामणि पौडेलको र ब्रिटिश काउन्सिलको दक्षिण एसिया क्षेत्रीय प्रमुख एमी लाईटफुटले संयुक्त रुपमा नेपालका बिजेता बिद्यालाहरुको नाम घोषणा गरेका थिए ।
यो वर्ष सामुदायिक र संस्थागत गरि ५३ ओटा विद्यालाहरुले यो पुरस्कार प्राप्त गर्न सफल भएका छन् । शैक्षिक गुणस्तरको अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्रियाकलाप गर्ने विद्यालयहरुलाई यो पुरस्कार दिइने गरिन्छ । इन्टरनेशनल स्कूल अवार्डले टोली निर्माण, नव प्रवर्दन र परियोजना व्यवस्थापनलाई बढवा दिन्छ । शिक्षक र विद्यार्थीहरूलाई संसारमा नयाँ दृष्टिकोण दिँदै अन्य देशहरूको सांकृतिक सिकेको लागि झ्याल खोल्दछ । यसले विद्यालयलाई नयाँ र आकर्षक पहिचानर नयाँ विश्वव्यापी संस्कृतिको सचेतता दिन्छ । विद्यालयको नेतृतव र शिक्षकहरुले उच्च पेशागत क्षमता राख्ने विद्यालय पहिचानको विश्वव्यापी मान्य हुने प्रमाणपत्र हो यो । विद्यालयको प्रमाणपत्र र लेटरहेडमा समेत यसको पहिचान लेख्न पाइने सुबिधा हुन्छ ।
भीमोदय नमुना मावि कालिकाले बिगत २ वर्ष देखि ८ ओटा सिकाइ परियोजनहारू संचालनमा ल्याए वापत उक्त पुरस्कार प्राप्त गर्न सफल भएको छ । विद्यालयले international Collaborative projects अन्तर्गत ताइवानको TAOYUAN MUNICIPAL WU–LING SENIOR HIGH SCHOOL सँग “SAVE ME ,I AM IN DANGER“ शिर्षकको नेपालको एक सिंगे गैंडा संरक्षणको प्रोजेक्ट, स्थानीय बोटे जातिका महिला शसक्तिकरणका लागी “WHAT A FAULT BEING A DAUGHTER ? ” शिर्षकको प्रोजेक्टमा दिल्ली स्थित PINEWOOD SCHOOL सँग र पाकिस्तान स्थित GOVT GIRLS ELEMENTARI SCHOOL सँग स्थानीय थारु संस्कृति सँग सम्बन्धित “THARU SPINING STICKS “ प्रोजेक्ट शिर्षकमा सह-क्रियाकलनपहरु संचालन गरेको थियो ।
यस्तै गरि In– School Project अतअन्तर्गत विद्यालमा स्कूल संगै कमाई गर्ने कार्यक्रम च्याउ खेतिको “Room Room any Room for Mushroom” शीर्षकको प्रोजेक्ट र हरियाली बिद्यालय हाता बिकास गर्न “Our School, An Eco–friendly School शिर्षकको प्रोजेक्टमा बिद्यार्थी सहभागितामा बिबिन्न क्रियाकलाफारू संचालन गरेको छ। त्यसै गरि २० प्रतिशतLocal Curriculum project अन्तर्गत कक्षा ४ र ५ को लागि “भीमोदय सेरोफेरो –व्यावसायिक केरा खेति” नामको स्थानीय पाठ्यक्रम निर्माण गरि शिक्षण गरिएको छ । Public Private Partnership project ” अन्तर्गत स्थानीय संस्थागत विद्यालय चित्रवन आवासीय मावि सङ्ग “Slow SandFiltration” शिर्षकको प्रोजेक्टमा सिकाई क्रियाकलापहसहरू संचालन गरिएको थियो
तल्ला कक्षाहरुको सहभागिता सुनिश्चित गर्न अंग्रेजी भाषा प्रवर्दन गर्ने उदेश्यले अतिरिक्त प्रोजेक्ट अन्तर्गत “Nepalese Students and English Language” शिर्षकमा भाषा सिकाइको क्रियाकलापहरु संचालन भएको थियो । सबै प्रोजेक्टहरुमा पाठ्यक्रम केन्द्रित क्रियाकलाप, पार्टनर स्कूलहरु सङ्ग सहक्रियाकलाप, दिगो बिकासका लक्ष्यहरूको कार्यान्वयन, शिक्षकहरुको निरन्तर पेशागत विकास, पाठ्यक्रमको अधिकांश क्षेत्रको प्रतिनिधित्व, सबै उमेर र कक्षाका बिद्यार्थीहरुको सहभागिता र वर्षभरि नै किर्याकलापहरु गरिएको थियो । पछिल्लो समय सामुदायिक विद्यालय भए पनि भीमोदय नमूना माविले विद्यालयलाई Connecting Classroom अन्तर्गत विद्यार्थी केन्द्रित सिकाइमा जोड दिने नीति अवलम्बन गरेको छ । यहि कारणले हालका दिनहरुमा विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो अवस्थामा पुगेको छ । विद्यालयको वर्तमान प्रधानाध्यापक डा.हरिप्रसाद कंडेल र उहाको टिम विद्यालयमा मूल्य उन्मुख प्रयोगात्मक सिकाइको नयाँ आयाम भित्रयाउन निरन्तर लागि परिरहेको कुरा त्यहाका अभिभावकहरु खुसि साथ वाताउँछन् । यो इन्टरनेशनल स्कूलअवार्डको प्रमाण पत्र प्राप्त गरे संगै वेलायतका विद्यालयहरु सँग भीमोदयले सहकार्य गर्ने अवसरको ढोका खुलेको छ ।



