कार्यसम्पादन मूल्याङ्कनका लागि शिक्षकले पेस गर्नुपर्ने कागजातहरु

काठमाडौं /१२ माघ-शिक्षक सेवा आयोगले पाँच शैक्षिक सत्र पुरा गरेका शिक्षकले आवेदन दिन पाउने जनाएको छ । तीनै तहका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा हुने भन्दै पाँच शैक्षिक सत्र पुरा गरेका शिक्षकले आवेदन मात्र लिन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।


आयोगले कार्यसम्पादन मूल्याङ्कनको दस्खास्त फाराम सूचनामा तोकिए बमोजिम फागुन १७ गतेदेखि दर्ता गरी म्याद समाप्त भएको १५ दिन भित्र सम्बन्धित प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा पठाउन भनेको छ ।


साथै कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा उम्मेदवारले दरखास्त फाराम साथ कागजातहरु पेस गरेको छ, छैन हेरी उल्लेखित कागजातहरु मिलाएर राख्न शिक्षकलाई लगाउन आग्रह गरीएको छ ।