काठमाडौँ विश्वविद्यालयलमा “मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स”पढाईको सुरु

काठमाडौं /५ माघ-काठमाडौँ विश्वविद्यालयले मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को पठनपाठन गर्ने भएको छ । स्कुल अफ म्यानेजमेन्ट संकाय अन्तर्गत ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको हो ।


स्कुल अफ म्यानेजमेन्ट संकायका डीन प्रा देवी विडारीले काठमाडौं विश्वविद्यलायले अन्तर्राष्ट्रियस्तरको ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को नयाँ कार्यक्रम नेपालमा पहिलोपटक सुरुवात गरेको जानकारी दिए ।


अन्तर्राष्ट्रिय जगतमा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन र शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने बिजनेश इकोनोमिक्सका विज्ञहरुको उत्पादन गर्ने उदेश्यले उक्त कार्यक्रमको सुरुवात गरिएको उनले बताए ।


संसारका ख्याति प्राप्त विश्वविद्यालयहरु हार्वर्ड विश्वविद्यालय, युनिर्भसिटी अफ मिशिगन, युनिर्भसिटी अफ शिकागोमा अध्यापन भइरहेको जानकारी दिदै नेपालमा पनि काठमाडौं विश्वविद्यलायबाट सुरुवात गरिएको जनाए ।


यसबाट उत्पादित जनशक्तिले भोलि गएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग–व्यवसाय तथा व्यापारिक निकायलाई आर्थिक निर्णयका लागि बिजनेश इकोनोमिक्सका माग पुरा र आर्थिक नीति निर्माणमा निर्णायक हुने अपेक्षा गरीएको विश्वविद्यलायले जनाएको छ ।


कूल ६६ क्रेडिटको कार्यक्रम चार सेमेष्टरमा विभाजन गरी दुईवर्ष अवधिको हुनेछ । अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इञ्जिनियरिङ सङ्कायमा स्नातक तहमा ५० प्रतिशत वा २.० जिपीए ल्याई उत्तीर्ण भएका विद्यार्थी भर्ना हुन पाउनेछन् ।