काठमाडौं /१६ मंसिर-भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
भारतीय समाचार माध्यम एएनआईका अनुसार शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरेको बताइएको छ । दिल्लीका वातावरण मन्त्री गोपाल रायलाई उदृत गर्दे उक्त निर्णय भएको जनाइएको छ ।
भारतको सर्वोच्च अदालतले वायु प्रदूषणकाबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।



