चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक सत्र प्रारम्भ

काठमाडौं /१४ मंसिर-चिकित्सा शिक्षा आयोग मंसिर १९ गते देखि स्नातक तहको शैक्षिक सत्र प्रारम्भ हुने जनाएको छ । विभिन्न कार्यक्रमहरुमा मंसिर १७ गते देखि भर्ना कार्यक्रम समाप्त हुने भन्दै शैक्षिक सत्र प्रारम्भ हुने जनाएको हो ।


आयोगले चिकित्सा शिक्षा स्नातक तहमा विभिन्न विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुका विभिन्न कार्यक्रमहरुमा भर्नाको लागि तेस्रो तथा अन्तिम म्याचिङको सूची पनि प्रकाशित गरीएको जानकारी दिदै शैक्षिक सत्र प्रारम्भ भएको जनाएको छ ।