विद्यालयले एसइइ दिने विद्यार्थीको आवेदन फाराम बुझाउने आज अन्तिम दिन

काठमाडौं/१० मंसिर-माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)मा २०७८ सालमा सञ्चालन हुने परीक्षामा समावेश हुनका लागि विद्यार्थीको आवेदन फारम बुझाउने आज अन्तिम दिन रहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले असोज १५ गते सूचना प्रकाशित गरी आज सम्ममा आवेदन फाराम बुझाउनु पर्ने समय तोकोको थियो ।


विद्यार्थीहरुले आवेदन दिने समय कार्तिक मसान्त सम्म तोकिए पनि विद्यार्थीले दिएको आवेदन फाराममा नाम, थर,जन्म मिति र परीक्षा दिने विषयहरु ठीकसँग भरे नभरेको रुजु गरी पछि सम्म फरक नपर्ने गररी प्रमाणित गरी अंग्रेजी अल्फावेटको क्रममा फारामहरु राखि समष्टिगत र फारमको क्रम मिले नमिलेको जाँच गरी परीक्षा दस्तुर वापतको राजस्व जम्मा गरेको भौचर वा नगरी रसिद समेत संलग्न राखि मंसिर १० गते भित्र फाराम शिक्षा विकास तथा सम्न्वय इकाइमा बुझाईसक्न भनिएको छ ।