काठमाडौं /१३ कार्तिक-चिकित्सा शिक्षा आयोगले विदेश अध्ययनमा जाने विद्यार्थीलाई आयोगले लिएको एकिकृत प्रवेश परीक्षा उत्तीर्ण गरी अध्ययन अनुमतिपत्र लिएर मात्र जान आग्रह गरेको छ । नेपाल स्वास्थ्य सम्बन्धी विषयगत परिषद्मा (काउन्सिल)मा दर्ता हुने विषय अध्ययनका लागि विदेश जाने विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएर मात्र जान आग्रह गरेको हो ।
चिकित्सा शिक्षा विषयमा स्नातक तह,स्नातकोत्तर तह,फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमको लागि वैदेशिक अध्ययन अनुमतिपत्र सम्बन्धी निर्देशिका २०७७ जारी भई कामकारबाही भइसकेको जानकारी गराउँदै विद्यार्थीलाई सो आग्रह गरेको हो ।
साथै निर्देशिका कार्यन्वयनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा व्यावस्था भएको र कसैले अध्ययन अनुमतिपत्र नलिई अध्ययन गर्न गएमा आयोग जिम्मेवार नहुने जनाएको छ ।



