स्नातक तह तेश्रो,पाँचौ तथा सातौं सत्रकोे परीक्षा फारम खुला, परीक्षा पुसमा

काठमाडौं /१२ कार्तिक-त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह तेश्रो,पाँचौ तथा सातौं सत्रको नियमित परीक्षाको परीक्षा फारम खुला गरेको छ । व्यावस्थापन संकाय अन्र्तगत संचालित स्नातक तहका विभिन्न कार्यक्रमको तेश्रो,पाँचौ तथा सातौं सत्रको नियमित परीक्षाको परीक्षा फारम खुला गरेको हो ।


साथै परीक्षा आगामि पुस महिनाको पहिलो सातदेखि सञ्चालन हुने भएकोले परीक्षामा सम्मिलित हुन मंसिर १२ गते भित्र फारम भर्नुपर्ने जनाएको छ । कलेजहरुले उत्त फारम १५ गते भित्र डीन कार्यलयमा बुझाई सक्नु पर्ने छ । त्यस्तै बिलम्ब शूल्कमा १६ गतेदेखि दुईदिन भित्रमा बुझाउनु पर्ने छ ।