काठमाडौं/२१ पुुष– भारतको प्रसिद्ध विश्वविद्यालय जीडी गोयन्का विश्वविद्यालयले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।
विश्वविद्यालयले अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (यूक्यान) सँगको संयुुक्त लगानीमा क्षेत्रीय कार्यालय स्थापना गरेको हो । आईतबार पुुतलीसडकमा रहेको यूक्यानको कार्यालयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुुहरि पाण्डे र विश्वविद्यालयका प्रबन्ध निर्देशक निपुुन गोयन्काले संयुुक्त रुपमा कार्यालयको उद्घाटन गरेका थिए ।
उच्च शिक्षाका लागि विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई स्वागत गर्न आतुुर रहेका बताउँदै गोयन्काले विश्वविद्यालयमा आउन आग्रह समेत गरे । अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन चाहने विद्यार्थीलाई सेवा दिने लक्ष्यसहित यूक्यानले गोयन्का विश्वविद्यालयसँग सहकार्य गरेको यूक्यानका सञ्चालक निरन्जन पन्तले जानकारी दिए । भारतमा गई विश्वविद्यालयको शिक्षा लिन चाहने विद्यार्थीका लागि जीडी गोयन्का विश्वविद्यालय सुुहाउँदो शुुल्कमा गुुणस्तरीय शिक्षाका लागि उपयुुक्त भएको पन्तको भनाई छ ।
जीडी गोयन्का विश्वविद्यालय निकै राम्रो भएकाले नेपाली विद्यार्थीहरुलाई ढुुक्क भई विश्वविद्यालयमा अध्ययन गर्न जान इक्यानका अध्यक्ष पाण्डेले सुुझाव दिए । आफूले पनि विश्वविद्यालयमा पुुगी प्रत्यक्ष अवलोकन गरेको बताउँदै उनले भने, “त्यहाँको शिक्षण पद्धति र होस्टेलको सुुविधाबाट निकै प्रभावित भएको छुु ।”
उच्च शिक्षाका लागि भारत नेपाली विद्यार्थीहरुका लागि लामो समयदेखि प्रमुुख गन्तव्य रहेको छ । भाषा तथा संस्कृति नेपाली विद्यार्थीका लागि सहज हुने भएकाले पनि प्रत्येक वर्ष हजारौंको संख्यामा नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्नका लागि भारत जाने गरेका छन् ।
भारत जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन र उनीहरुलाई आवश्यक पर्ने काउन्सिलिङ क्षेत्रीय कार्यालयबाट दिइनेछ । सन् २०१२ देखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय पन्त स्टडी इन यूूकेका लागि पायोनियर मानिन्छन् । पन्तले जीडी गोयन्का विश्वविद्यालय आफैमा ब्राण्ड भएको भन्दै यूक्यानबाट काउन्सिलिङ लिएर भारत अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्ति समेत पाउने जानकारी दिए ।
भारतको राजधानी नयाँ दिल्ली एनसीआरमा अवस्थित विश्वविद्यालसँग भारत भरीमा ११ वटा स्कुल सञ्चालनमा छन् भने विश्वविद्यालयमा २ सय ६० वटा शैक्षिक कार्यक्रम सञ्चालन भईरहेका छन् । विश्वविद्यालयका एडमिसन एन्ड मार्केटिङ निर्देशक डा.अजित कुुमार नेडुुंगाडीले विश्वविद्यालयको शिक्षा पद्धति अत्याधुुनिक हुुनुका साथै विश्वविद्यालयले विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको बताए ।
विश्वविद्यालयमा आर्किटेक्चर एन्ड प्लानिड, कम्युुनिकेशन, एजुुकेशन, इन्जिनियरिङ, फेसन एन्ड डिजाइन, हस्पिटालिटी, ह्युमनिटिजन एन्ड सोसल साइन्स, कानुुन, म्यानेजमेन्ट एन्ड मेडिकललगायतका कोर्स अध्यापन हुँदै आएको छ ।