बीएससी.सीएसआईटी स्नातक तहमा कम्प्यूटर तथा आईटी बारे अध्ययापन गराउने विषय हो । अहिले नेपाल तथा विदेशी विश्वविद्यालयमा आईटीका कार्यक्रमहरु अध्ययन र अध्यापन भइरहेको छ । विज्ञान तथा प्रविधिको युगमा आईटी विद्यार्थीहरुकोलागि यो एक मूख्य लक्ष्य बनेको छ । बीएस्सी.सीएसआईटीले आईटीको क्षेत्रका लागि चाहिने नयाँ नँया प्रविधि सम्बन्धी खोज तथा अनुसन्धान सिकाउन मद्दत गर्छ । यो विषयले कम्प्यूटर विज्ञान र सूचना प्रविधिको सिद्धान्तहरु विकास गरि विश्वमा विभिन्न समस्याको हल गर्न लागू गरिन्छ । नयाँ नयाँ खोज अनुसन्धानको साथसाथै नँया टेक्नोलोजी बनाउन सिकाँउने बीएस्सी.सीएसआईटी कोर्सले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दछ जसले आईटी उद्योगमा आइपरेको समस्या समाधान गर्न प्रभावकारी रुपमा सहयोग गर्छ ।
बीएससी. सीएसआईटी रिसर्चमा आधारित विषय हो । आईटी सम्बन्धी मात्र र्कोष नभएर यो कम्प्यूटर साइन्सको पक्षलाई बढि जोड दिएको छ । कम्प्यूटर साइन्समा कम्प्यूटर एप्लिकेशनहरु कसरी प्रयोग गर्न सकिन्छ भन्दा पनि रिर्सचमा जोड दिदै यसका सिद्धान्त्हरु र प्रविधिमा जोड दिने गर्दछ । यो र्कोषले साइन्स र आईटी दुवैका आधारभूत सिद्धान्तहरु बारे विद्यार्थीलाई ज्ञान दिदै यस्ता सिद्धान्तलाई कसरी वास्तवि समस्याहरुको समाधान खोज्ने भन्ने तर्फ व्यवहारिक जोढ दिन्छ । आईटी क्षेत्रमा उपयुक्त जनशक्ति यस कार्यक्रमले तयार पार्ने लक्ष लिएको छ ।
नेपालमा २०६४ सालदेखि यो कार्यक्रम अध्ययापन गराउन सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न ५३ वटा कलेजमा सञ्चालित यो चार वर्षे कोर्स हो । विद्यार्थीहरुलाई कम्प्यूटर र सूचना प्रविधिको बारेमा सबै ज्ञान दिने उद्देश्यले यो कोर्स डिजाइन गरिएको हो । छोटो समयमा विद्यार्थीहरुको आकर्षण बढेको यो कोर्समा वर्षेनी अध्यापन हुने कलेजहरुको संख्या पनि उसै गरी बढिरहेको छ । यो कोर्समा पारम्परिक व्याख्यान, व्यवहारिक ज्ञान र परियोजना लगायतका विभिन्न कुराको ज्ञान दिइन्छ । कोर्सले विद्यार्थीहरुमा कम्प्यूटर र सूचना प्रविधि दुवैको अन्तरनिहित सिद्धान्त सिकाउँछ र उक्त सिद्धान्त वास्तविक जीवनमा कसरी लागू हुन्छ भन्ने कुरा पनि देखाउँछ । यो कोर्सले कम्प्यूटर पेशेवर र आईटी विशेषज्ञलाई अत्यावश्यक दक्षताको विकास गर्छ ।
अध्यन पश्चातको भविष्य कस्तो छ
बीएससी. सीएसआईटी कोर्षको उद्देश्य विद्यार्थीहरुलाई भविष्यमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गर्नमा मद्दत गर्छ । यो कोर्स पूरा गरेपछि विद्यार्थी वास्तविक जीवनको ई–मिडिया ढाँचा बनाउने वा हार्डवेयर र सफ्टवेयरको समस्याको प्राविधिक समाधान, विशेषज्ञता र ऐच्छिक क्षेत्रलाई आधार बनाउन सक्छन् । त्यस्तै, सिद्धान्त, ढाँचा, कम्प्यूटरको क्षेत्रमा गहन ज्ञान हासिल गर्नुका साथै सूचना प्रविधिको क्षेत्रमा रचनात्मक र विश्लेषणात्मक दक्षता भएका जनशक्ति उत्पादन गर्नु नै यसको उद्देश्य हो । विद्यार्थीलाई आईटीको व्यवसायिकलाई बहुकार्य सम्हाल्न लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्ने र कम्प्यूटर आधारित समाधान आकलन र विकास गर्नुका साथै आईटीमा कम्प्यूटर र प्रोग्रामिङ तर्कको ज्ञान आदान प्रदान गर्नमा समेत यो सहयोगी बन्छ ।
यो कोर्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कोर्स हो । यो कोर्सले व्यवहारिक ज्ञान र प्रोजेक्टहरु गर्नमा थप सहयोग गर्छ । कम्प्युटर साइन्स र सूचना प्रविधिको क्षेत्रमा अन्तरनिहित सिद्धान्तहरुको विकास गर्छ र यो सिद्धान्तहरुलाई वास्तविक जीवनमा कसरी प्रयोग गर्ने हो सिकाउँछ । यति मात्र नभएर बीएससी सीएसआईटी कोर्सले कम्प्युटर पेशेवर र अनुसन्धानकर्तालगायत आईटी प्रबन्धक, सिस्टम विश्लेषक, नेटवर्क प्रशासक, कम्प्यूटर प्रोग्रामर, डेटाबेस प्रशासक, वेब विकासकर्ता इत्यादि क्षेत्रमा जानको लागि विद्यार्थीलाई तयार गर्छ ।
बीएससी.एसआईटी ककसले पढ्न पाउछन् ?
यो विषय अध्ययन गर्नका लागि विद्यार्थीले प्लस टुमा अनिवार्य रुपमा १.८ जिपिए ल्याएको हुनुपर्दछ । त्यसैगरी प्लस टुमा ए लेभल र साइन्समा फिजिक्स, केमेष्ट्री र म्याथ पढेको हुनुपर्दछ । यो कोर्समा भर्ना हुनका लागि त्रिभुवन युनिभर्सिटि मार्फत लिइने प्रवेश परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनु आवश्यक छ । यो विषय पढ्नका लागि प्लस टु बाहेक सीटीईभीटीबाट डिप्लोम इन्जिनियरिङ गरेकाले पनि यो कोर्स पढ्न पाउँछन् ।
पाठ्यक्रम कस्तो रहेको छ ?
सेवामूलक पाठ्यक्रमहरु बजारको माग र तीव्र गतिमा बद्लिदै गरेको कम्प्यूटर टेक्नोलोजीसँग मेल खानका लागि डिजाइन गरिएको यो चार वर्षे स्नातक तह अन्र्तगतको र्कोस हो । जसमा ८ वटा सेमेष्टर रहेको छ । यो र्कोष १२६ क्रेडिट आवरको हुन्छ जसमा ७५ क्रेडिट आवर कम्प्यूटर साइन्स, १५ क्रेडिट आवर इलेक्टिभ्स, १२ त्रेडिट आवर न्याचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेज्मेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपको लागि छुटाइएको हुन्छ । यो र्कोष त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा अध्ययापन गराइन्छ ।
सातौँ सेमेस्टरको सफ्टवेर प्रोजेक्ट म्यानेज्मेन्ट ९ऋक्ऋ(द्धण्ड० अन्तरगत ३ घण्टाको सैद्धान्तिक र ३ घण्टाको प्राक्टिकल हुन्छ जुन १०० पूर्णाङ्कको हुन्छ । यसमा ६० अंक बोर्ड परीक्षा, २० अंक इन्टरर्नल इभ्यालुएशन र २० अंक प्रोजेक्ट इभ्यालुएशनको लागि छुट्याइएको हुन्छ । उत्तिर्ण हुनको लागि जम्मा ४० अंक ९ बोर्ड परीक्षामा २४ अंक, इन्टरनल इभ्यालुएशनमा ८ अंक र प्राक्टिकल इभ्यालुएशनमा ८ अंक ल्याउनुपर्दछ । सातौँ र आठौँ सेमेस्टरमा रहेका सबै विषयहरु ३ घण्टाको सैद्धान्तिक र ३ घण्टाको ल्याब रहेकोको हुन्छ जुन १०० पूर्णाङ्कको हुन्छ । यसमा पनि ६० अंक बोर्ड परीक्षा, २० अंक इन्टरर्नल इभ्यालुएशन र २० अंक प्रोजेक्ट इभ्यालुएशनको लागि छुट्याइएको हुन्छ । उत्तिर्ण हुनको लागि जम्मा ४० अंक ९बोर्ड परीक्षामा २४ अंक, इन्टरनल इभ्यालुएशनमा ८ अंक र प्राक्टिकल इभ्यालुएशनमा ८ अंक ल्याउनुपर्दछ । सी प्रोग्रामिङ म्याथ, स्टार्टिक्स, माइक्रो प्रोसेसर, कम्प्युटर ग्राफिक्स, कम्प्युटर नेटवर्क, अपरेटिङ सिस्टम, डाटाबेस म्यानेजमेन्ट, सफ्टवेर इन्जिनियरिङ यस र्कोषको मूख्य विषय हो ।
यस विषयको स्कोप कस्तो रहेको छ ?
अहिले कम्प्यूटर र आईटीको मद्दतले नै संसार जोडिएको छ । हरेक कूराको लागि विद्यालयमा स्मार्ट शिक्षा देखि लिएर हरेक काममा कम्प्यूटर तथा टेक्नोलोजीको आवश्यकता छ । त्यसैले यो विषयको स्कोप देश तथा विदेश सबै तिर उत्तिकै रहेको छ । विश्वभरि यसको पाठ्यक्रम समान हुने भएकोले यस विषयको स्कोप अन्तराष्ट्रिय स्तरमा पनि राम्रो छ । नयाँ नयाँ खोज अनुसन्धान अहिलेको आवश्यकता हो । विभिन्न कामलाई सहज बनाउन नयाँ नयाँ प्रविधिको आवश्यकता पर्छ । नँया नयाँ टेक्नोलोजी निमार्ण गर्न तथा प्रयोग गर्न दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।
यो र्कोष अध्ययन गरेपछि विभिन्न सरकारी, गैरसरकारी, निजी र सार्वजनिक संगठन, सफट्वेयर कम्पनीहरु, दूरसञ्चार, कम्प्यूटर नेटवर्किङ कम्पनी आदिमा समृद्व अवसरहरु प्राप्त गर्छन् । खास गरेर सफटवेयर डेभलपर, वेब डेभलपर, नेटवर्क एड्मिनिसटे«टर, डाटाबेस एडमिनिसटे«टर, आईटी म्यानेजर वा अफिसर, क्रिप्टोग्राफर, इरगोनोमिक्स प्रोग्राम डिजाइनर, सिस्टम एनलाइसिस, प्रोजेक्ट म्यानेजर, डकुमेन्ट स्पेसियालिस्ट, इन्र्फमेसन सिस्टम अडिटर, आर्टिफिसियल इन्टेलिजेन्स स्पेसियालिस्ट, टेक्निकल राइटर, इन्र्फमेसन सिस्टम म्यानेजर, डाटाबेस अपरेटर जस्तो ठूलो क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्छन् । यो विषय पढेर विद्यार्थी आफैले पनि कम्पनि खोलेर काम गर्न सक्छन् ।
कति शुल्क लाग्छ ?
बीएससी.सीएसआईटी अध्ययन गर्नका लागि हरेक कलेजमा शुल्क फरक फरक निर्धारण गरिएको हुन्छ । कलेजको सुविधा तथा पूर्वाधारको हिसाबले शुल्क फरक हुन्छ । कलेजहरुले लगभग ५ देखि १० लाख सम्म लिने गर्छन् ।
कस्तो कलेज छनोट गर्ने ?
कलेज छनोट हाम्रो सबैभन्दा पहिलो चरणको उज्जवल भविष्यको ढोका हो । कलेज छनोट गर्दा सर्वप्रथम हामीले कलेजको प्रतिष्ठा हेर्नुपर्छ । कलेजको शैक्षिक प्रतिष्ठा राम्रो छ कि छैन भन्ने कुरा अध्ययन गर्नुपर्छ । यसले कस्ता प्रध्यापकहरुले कलेजमा अध्ययन गराँउछन् भन्ने कुराको पुष्टि गर्छ । त्यसैगरी हामीले कलेजले कुन विश्वविद्यालयको सम्बन्भ प्राप्त छ भन्ने कुरा ख्याल गर्नुपर्छ । नेपालको सन्दर्भमा नेपाली विश्वविद्यालयबाट सम्बन्धन कलेजहरुबाट प्राप्त कलेजहरुमा उत्तम मानिन्छ । जसमा पछि आउन सक्ने शैक्षिक समस्याहरुको न्यूनिकरण गर्दछ । कलेजमा अध्यापन गराउने शिक्षकहरु योग्य र अनुभवी छन् कि छै्रनन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । कलेजको शैक्षिक जनशत्तिको विवरण थाहा पाई निर्णय लिदा राम्रो हुन्छ । सफल र अनुभवि अध्यापकहरु सँगको मिलनले राम्रो व्यक्तित्व निमाणर््ा गर्ने अवसर मिल्छ ।
कलेजले खोज तथा अनुसन्धानलाई प्राथमिकता दिएको छ वा छैन् भन्ने जानकारी लिन जरुरी छ । यस्ता खोज तथा अनुसन्धान कार्यहरुमा विद्यार्थीहरुको संलग्नताले व्यसायिक सीप विकासमा सहयोग पुराउँछ । त्यसैगरी विद्यार्थीले कलेजको विगतको सफलता पनि हेर्न आवश्यक छ । विद्यार्थीहरुको शैक्षिक तथा व्यवसायिक सफलता के कति प्राप्त गरेको छ त्यो बुझ्न जरुरी छ । साथै कलेजले समय समयमा सेमिनार, तालिमको व्यवस्था गर्छ गर्दैन भन्ने जानकारी लिनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कलेजले छात्रवृत्ति प्रदान गर्छ वा गर्दैन भन्ने कुरालाई पनि ध्यान दिनु पर्दछ । कलेजले के कस्ता छात्रवृत्ति प्रदान गर्दछ भन्ने विषयमा हेक्का राख्नु पर्छ । यसले आर्थिक भार कम हुन्छ र व्यक्तित्व निमार्णमा पनि सहयोग गर्दछ । त्यसैगरी विद्यार्थीले कलेजको शुल्क के कस्तो छ भन्ने कुरालाई ध्यानमा राखेर आर्थिक हिसाबले सहज कलेज छनोट गर्नुपर्छ । कलेजको राम्रो भोतिक पूर्वाधार अत्यावश्क हुन्छ । विभिन्न कार्यक्रमको सञ्चालन गर्नका लागि र कक्षा सञ्चालनकै लागि पनि भौतिक पूर्वाधार राम्रो हुनु जरुरी छ ।