हिन्दुहरुको महान पर्व वडा दशैं र तिहार यती बेला हाम्रो आगँनमा आइपुगेको छ । यो समय वर्षभरीका दुःखलाई भुलेर खुसी हुने बेला हो । असत्यमाथि सत्यको जीत भएको समय पनि हो । प्रतेक वर्ष दशै तिहार मनाउनकै लागि हरेक कार्यलय देखि स्कुल तथा विभिन्न संघ संस्थाहरु बिदा हुने गर्छन् । विद्यालयहरुले पनि दशैंको फूलपातिबाट बिदा दिने चलन छ । अधिकांश विद्यालयहरुले दशैको लागि भनेर लगभग एक हप्ता देखि तिहार सम्म एक महिना बिदा हुने गर्छन् । यस पालीबाट सरकारी तथा निजी दुवैले दशै र तिहारको एक महिना बिदा दिनु पर्ने अनिवार्य भएको छ । नेपाल सरकारले अदेश अनुसार देशै भरका विद्यालयलाई दशैको लागि भनेर १ महिना बिदा दिनु पर्ने अनिवार्य गरेको हो । यो समय स्कुले विद्यार्थीका लागि पढाइबाट टाढिएर मनोरञ्जनमा रमाउने समय पनि हो । कक्षाकोठाको पढाइलाई एकैछिन थाँती राखेर सिकाइको फरक पाटो अपनाउनु पनि हो । दशैंले घर, परिवार र सामाजमा एक प्रकारको उर्जा ल्याउँछ । रौनक ल्याउँछ । जसलाई सबैले आत्मसात गर्न खोज्छन । अपनाउन खोज्छन् । त्यसैमा स्कुले बालबालिका पनि पर्छन ।
बिदालाई पुस्तकको संसारबाट फरक संसारमा ज्ञान खोज्ने समयका रुपमा लिन सकिन्छ । स्कुले बालबालिकाका लागि दशैं र तिहार जस्ता पर्व लामो समयको बिदा पाउने समय पनि हो । यो समयमा नयाँ–नयाँ ठाउँ घुम्ने, रमाइलो गर्ने समय पनि हो । केही बच्चा त आफ्नो मामाघर तथा गाउँको घर गएर बिताउँछन त केही परिवारको साथ देश तथा विदेशमा पुगेर बिताउँछन् । तर छुट्टी भन्दैमा बच्चाहरुले पूर्णरुपमा पढाइलाई बहिस्कार भने गर्नु हुँदैन । अभिभावकले पनि यसमा ध्यान दिनुपर्छ कि आफ्नो बच्चाले पढाइलाई कति ध्यान दिइरहेको छ वा छैन । तर बच्चा त बच्चा नै हुन्छन् । छुट्टीलाई लिएर उनीहरुको सोच र योजना नै फरक हुन्छ ।
दशै एक चाडपर्व मात्र नभएर आफ्ना बुबा, आमा तथा अभिभवाक, आफन्तहरुसँग भेटघाट तथा रमाइलो गर्ने समय पनि हो । यसरी एक महिना बिदा दिएको खबरले अभिभावक रिता गरुङ निकै खुसी छिन् । उनको घर इलाम हो र घर धेरै टाढा भएको कारणले वर्षमा धेरै जान सम्भव नरहेको उनी बताँउछिन् । दशैको बेला मात्र घर जाने अवसर प्राप्त हुन्छ । वर्षमा एक चोटि गएको घरमा पनि उनको छारीको स्कुलको कारणले राम्ररी समय बिताँउन नपाउने र छोरीले पनि आफ्नो परिवारसँग मज्जासंग समय बिताउन नपाउने उनी बताँउछिन् । र अब विद्यालय एक महिना बिदा दिने भए पछि पारिवारिक भेटघाट राम्रो हुनमा उनी ढुक्क छिन ।
दशैमा परिवारसँग भेटघाट गर्ने रमाइलो गर्नाले बालबालिकालाई सामाजिक तथा परिवारको मूल्य तथा मान्यताको बारेमा जानकारी हुन्छ । आफ्न्त के हो, परिवार के हो, हाम्रो चाड पर्व के हो भन्ने कुरा बालबालिकाले सिक्दै जान्छन् । तर एक महिनाको बिदाले बालबालिको पढाइको प्रतिको मानसिकता घटै जाने भेनस ब्राइट मन्टेश्रीकी प्रिन्सिपल बिबेचना विष्ट बताँउछिन् । उनी भन्छिन् एक लयबाट पढाइ गइरहेको बेलामा बालबालिकाले कुराहरु बिस्तारै सिकिरहेको हुन्छ र बीचमा एक महिना छुटे पछि त्यो लय टुट्छ र फेरी पढाइमा फोकस गराउन गाह्रो हुन्छ । उनको मन्टेश्वरीको बालबालिकालाई पढाइमा सक्रिय गराउन विभिन्न रचनात्मक क्रियाकलापहरु, होमर्वोक, चाडपर्वसँग मिल्ने फोटोहरु कलेक्ट गर्ने जस्ता क्रियाकलपाहरु दिने गरेको बताईन जसले गर्दा पढाई बाट बालबालिकाहरु टाढा नहुन । बिदाको यस समयमा विद्यार्थीहरुले अन्य क्रियाकलापहरुमा पनि ध्यान दिनु पर्ने उनी बताँछिन् ।
सरकारले दिएको दशैको बिदा निकै उपयक्त रहेको बालबाटिका इंग्लिस स्कुलका प्रिन्सिपल थानेश्वर भुसाल बताँउछन् । दशै तिहार जस्तो महान पर्वमा बालबालिकाले आफ्नो परिवारसँग अझ राम्ररी समय बिताँउन पाँउछन् । प्राय बालबालिकाहरु दशैमा गाँउ जाने गर्छन् । एक महिना बिदामा किताबी ज्ञान भन्दा बाहरिको ज्ञान उनीहरुले प्राप्त गर्न सक्छन् । उनीहरुले सधै किताबमा मात्र देखेको हरिया वन, खेतीपाती प्राकृतिक सम्पदाको बारेमा अवलोकन गर्न पाँउछन् । उनीहरुले व्यवाहारिक ज्ञान प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
यसरी विद्यालयहरुले एक महिना दशै विदा दिनु उचित नरहेको एन.के सिंह मेमोरियलका भाइस प्रिन्सिपल राजेन्द्र कुमार शर्मा बताउँछन् । उनको अनुसार सरकारले एकतर्फी कुरालाई बढवा दिएर यसरी बिदा घोषण नगर्नु पर्ने हो । विद्यालयले दशै र तिहारको बीचमा पढाईको कोर्स भन्दा पनि अतिरिक्त क्रियकलापलाई बढि फोकस गर्ने उनको भनाइ छ । यो बीचको समयमा किताबी ज्ञानलाई ध्यानमा राख्दै अन्य कुराहरुमा विद्यार्थीलाई संलग्न गराइन्थ्यो । विद्यार्थीमा यस बिदाको नराम्रो मात्र असर पर्न सक्छ भन्न सकिदैन तर पढाइमा भने धेरै थारै असर पुराएको हुन्छ । विद्यार्थीहरुले यस बिदाको सदुपयोग गर्दै आफ्नो गाँउ घर, चाडपर्वको बारेमा धेरै कुरा सिक्छन् । अधिकांश बालबालिकाहरु दशै बिदामा नै गाँउ जाने गर्छन । काठमाडौंमा बसेको बालबालिकालाई गाँउको खेती तथा प्राकृतिक कुराहरुसँग बढि घुलमिल हुने वातावरण दशैले उपलब्ध गराउँछ । गाँउ घरको वातारण कस्तो छ हाम्रो देशको अन्य कुराहरुको बारेमा जान्ने बुझ्ने मौका बालबालिकाहरुले पाउँछन् । विद्यालयले पनि पढाइको बानी नछुटोस भन्ने हिसाबले विभिन्न प्रोजेक्ट र्वोक, होमर्वाेक दिने गर्छन् । यसबाट उनीहरु विद्यालयबाट टाढा रहे पनि आफ्नो पढाइबाट टाढा रहदैनन् ।
बिदालाई जसरी बिताए पनि हुन्छ । कुनै पुस्तक पढेर, नयाँ ठाउँ घुमेर, नयाँ साथी बनाएर, गीत सुनेर, नृत्य सिकेर, खेल खेलेर, नयाँ भाषा सिकेर, सामाजिक काममा लागेर, अरुलाई सहयोग गरेर जसरी पनि मनाउन सकिन्छ । मुख्य कुरा आफैले गर्ने कामले कसैलाई पनि हानी पु¥याएको भने हुनुहुन्न । जहिले पनि इमान्दारिता र सकारात्मक सोचलाई कायम राखेर गरिने कामले जहिले पनि फाइदा पु¥याउँछ । बिदालाई मनोरञ्जनात्मक बनाउँदै सदुपयोग गर्न चाहने सबै हुन्छन् । तर मनोरञ्जनसँगै बालबालिकालाई पढाइबाट पनि टाढा जान भने दिनुहुन्न ।