विराटनगर/४ साउन-प्रदेश लोक सेवा आयोग प्रदेश नं. १ विराटनगरले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समुहका लागि कर्मचारीहरुको माग गर्ने क्रममा शिक्षा तर्फ २३ जना कर्मचारी माग गरेको छ ।
प्रदेश लोकसेवा आयोग विराटनगरले कुल २३० जना प्राविधिक कर्मचारी माग गरे मध्ये २३ जना शिक्षामा माग गरको हो ।
जसमा शिक्षा तर्फ विभिन्न स्थानिय तहहरुका लागि प्राविधिक सहायक पदको पाँचौं तह खुला प्रतियोगात्मक परीक्षा द्धारा पदपुर्ति गर्ने जनाएको छ ।




