काठमाडौं /२४ असार- पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यलयले असार ३१ देखि सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । परिस्थिति अझै पनि अनुकुल नभएको हुँदा हाललाई परीक्षा स्थगित गरेको हो ।
परीक्षा व्यावस्थापन कार्यलयले आज सूचना जारी गर्दे असार २१ गते प्रकाशित सूचना अनुसार विज्ञान तथा प्रविधि , इञ्जिनियरिङ्ग , कला र शिक्षाशास्त्र संकायका विभिन्न वर्ष,सेमेष्टरका परीक्षाहरु स्थगित गरेको जानकारी गराएको छ ।
असार ३१ गते देखि सञ्चालनहुने गरी परीक्षा तालिका प्रकशित गरेकोमा परीक्षा सञ्चालन गर्न परिस्थिति अझै पनि अनुकूल नभएको हुँदा उक्त परीक्षाहरु हाललाई स्थगित गरेको छ ।
साथै स्थगित गरिएका परीक्षा साउन १० गते देखि सञ्चालन गर्ने निर्णय भएको र परीक्षा समय तालिका तथा केन्द्रहरु पछि प्रकाशित गरिने परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रोलाले जानकारी दिनु भएको छ ।




