विद्यार्थीको भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको भन्दै पुनर्विचार गर्न आग्रह

चीन /२४ असार- चीनले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ । अमेरिकामा पढ्न चाहाने चिनियाँ विद्यार्थीहरूको भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको भन्दै पुनर्विचार गर्न आग्रह गरेको हो ।


यस विषयमा चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन आग्रह गरेको छ । अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएको चिनियाँ अधिकारीले दावी गरेका छन् ।


यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले विद्यार्थीको गुनासोबारे भने, “अमेरिकी भिसा प्रतिबन्धात्मक उपायहरू अमेरिकाको ’चिनियाँ विद्यार्थीहरुलाई स्वागत’ भन्ने भनाइसँग विरोधाभाषपूर्ण छ ।”


“यसले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पु¥याउँछ र दुइ देशबीचको सामान्य सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोगलाई गम्भीर रूपमा कमजोर पार्छ ” परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भन्नु भयो ।


साथै तत्कालिन ट्रम्प प्रशासनले लिएको कदमबारे अमेरिकी राष्ट्रपति बाइडेनले पुर्नविचार गर्नुहुने विश्वास व्यक्त गर्नभयो । एजेन्सीको सहयोगमा ।