सुर्खेत /२२ बैशाख – म पेशागत रुपमा शिक्षक हुँ । गतसाल असोजको अन्तिम तिर कोरोना जाचियो र रिपोर्ट पोजेटिभ आयो । मेरो स्वास्थमा खासै समस्या थिएन । जब रिपोर्ट पोजेटिभ आयो अनि मलाई केही समस्या देखियो । यति बेला पनि स्थानिय तहले गरेको निर्णय घरदैलो कार्यक्रम कै क्रममा संक्रमण भएको थियो । १४ दिनको हस्पिटल बसाई पछि आफैले पिसिआर जाँच गरि नेगेटिभ रिपोर्ट आयो भनी खुसी हुँदै घर फर्किए । मेरो घर आउँदाको स्वागत युद्ध जितेर आएको एक योद्धा भन्दा पनि बढी थियो । म पनि ठूलो युद्ध जितेको भन्दा बढी गौरवले घर आए ।
म पेशागत रुपमा शिक्षक सेवा पास गर्दा मेरो साथी भाइलाई भोज दिएकी थिए । मेरो खुसिको सिमाना नै थिएन । म आफु शिक्षक हुनुमा निकै गर्व गरेकी थिए । आज बल्ल थाहा भयो राज्यले गरेको निर्दयी व्यबहार, विभेदकारी नीति, म शिक्षक भएर आज आत्मा गलानी भैरहेको छ । यो राज्यले नदेखेको आँखा , यो राज्यले नसुनेको कान, हिजो देखिको नै विभेदकारि नीतिले गुम्सिएका र रुमालिएका चाहानाहरु,आफ्ना हकहितका लागि बनाइएका शिक्षक नेताहरु बाटोमा नै हराईसके पछि, मेरा पनि राज्यसँग गास्सिएका झिना आशाहरु मरिसकेका छन ।
पछिल्लो समय धेरै जनाले कोभिड विरुद्धको खोप लागाईरहदा हामी जस्ता कोरोना पोजेटिभ शिक्षकको पनि सानो आशा थियो । त्यहि पनि सफल भएन, राज्यले त जानेको भनेको खाली निमुखा बनाउन मात्र रहेछ । अनि उर्धी जारी गर्न जानेको रहेछ । ए सरकार किन शिक्षक देशको दोस्रो दर्जाको नागरिक हुन ? राज्यको यहि लापरबाहीले धेरै शिक्षाका हस्तिहरु गुमाउनु परेको आलो घाउ छ हामिसँग, हुन त हामिजस्ता ज्ञान दिने नहरे के भयो र ? राज्य र राज्यपक्षका मान्छेका लागि ज्यान दिनेहरु तयार छन ।
ए राज्य एउटा कुरा बुझ्न जरुरी छ, शिक्षा बिना देशको समृद्धि सम्भव छैन । जहिलेसम्म शिक्षक दोस्रो दर्जामा पर्छ तब सम्म देश अगाडि बढ्दैन ।
त्यसपछिको दिनचर्या ठिकै बित्दै थियो । एक्कासि नयाँ बर्षको दिन ज्वरो आयो सिजनल ज्वोरो होला भनेर खासै ध्यान दिइन ,आफ्नो काम गर्दै रहे,पछिल्लो समय कोरोनाको दोस्रो लहर चल्यो भनेर एक्कासि बिद्यालय बन्द गर्ने केन्द्र सरकारको निर्णय सङ्गै स्थानीय तहले नि निर्णय गर्यो । बिद्यालय बन्द भए सङ्गै म पनि घर आए । तर बिस्तारै ब्याथाले च्यापदै गयो । सन्चो होला होला भन्दै झन्डै १० दिन बितिसक्दा पनि स्वास्थमा सुधार आएन । अनि साथी भाईले पुनःकोरोना लाग्यो कि ? भनिरहदा मलाई भने पिसिआर गर्न धेरै डर लागेको थियो । मैले पिसिआर बाहेक अरु सबै परिक्षण गरे तर सबै नर्मल देखिए पछि डाक्टरले फेरि पिसिआर नै गर्नुपर्ने बताउनुभयो ।
यता मलाई भने निकै कठिन भैसकेको थियो । जताततै नयाँ भेरियन्ट कोभिड भनिरहँदा साच्चिकै नयाँ लक्षण लिएर आएको रहेछ । पहिलाको भन्दा नयाँ लक्षण देखायो कोरोनाले यति गर्दा बैशाख को १७ भैसकेको थियो । बिस्तारै मेरो शरीर पनि चल्न छोड्यो, अनि म हस्पिटल पुगे ,त्यहा मलाई केही सजिलो त भयो तर हस्पिटलको हालत देख्दा मलाई कत्ती पनि त्यहा बस्न मन लागेन, केहि सजिलो भएपछी म घर आए होम आइसुलेसनमा बस्छु भनेर तर आज २१ गतेसम्म म तेस्रो पटक हस्पिटलको बेडमा पुगिसके तर कहिले सन्चो हुन्छ थाहा नै छैन ।
बेला बेला अलि सजिलो हुँदा त बाच्ने साहस आउछ । तर जति बेला गाह्रो हुन्छ अब जिबित रहिदैन जस्तो लाग्छ । हामी जस्ता पावर र पहुच नहुनेलाई त बाँच्न निकै कठिन रहेछ । आजको दिनसम्म म जीवन र मृत्यु को दोसाँधमा छु । यदि भगवान् दाहिना भएछन भने जीवन रहन सक्छ । झिनो आशा बाँकी छ । भन्नेहरुले जे भने पनि म पेशामा निष्ठावान हुने क्रममा नै यो हालतमा पुगेको हुँ । हुन त मैले काम गरेवापत राज्यले तलब दिएको छ तर ज्यान भन्दा ठूलो त तलब पक्कै पनि होइन होला नि सरकार ,दुई पटक कोरोना लागिसक्दा आजका दिन सम्म मेरो लगभग एक लाख पचास हजार सकिएको छ । अझै पनि दोसाँधमा छ जीवन ।
गत असोजमा लागेको कोरोनाको सम्पुर्ण कागजपत्र राज्यले कोरोना बिमा गरिदिएको छ भनेर मागेको थियो । तर त्यो बिमा कहाँसम्म पुगेछ अहिलेसम्म म सँग पुग्न सकेको छैन ।
शिक्षक रेजिना सिङ (इन्द्रा) कोरोना पोजेटिभ हुन । साथै जनता मावि विद्यापुर सुर्खेतका शिक्षक ।



