काठमाडौं /१९ बैशाख – स्थायी शिक्षक हकहित मञ्चले तिन बुँदे माग राख्दै अर्थमन्त्री बिष्णु पौडललाई ध्यानार्कषण गराएको छ । शिक्षकहरुका समस्या राख्दै हकहित मञ्चका केन्द्रिय संयोजक रमेश बाबु भट्टराईले फोन मार्फत ध्यानाकर्षण गराएका हुन ।
कोभिड- १९ को संक्रमण वढदो रुपमा गइरहेको सन्र्दभमा शिक्षकलाई कोरोना खोप नदिएकोमा आपत्ति जनाउदै तुरुन्त खोपको व्यावस्था गर्न अर्थमन्त्रीसँग माग गरिएको संयोजक भट्टराईले बताए ।
कोरोना संक्रमण भएका शिक्षकको निशुल्क उपचारको व्यावस्था गर्न,एक लाखको विमालाई निरन्तरता दिन र कोरोनाका कारण मृत्यु भएका शिक्षकका परिवारलाई सान्त्वना स्वरुप दशलाख रकम उपलब्ध गराउन माग गरिएको छ ।
त्यसैगरी बजेट निर्माणाधीन रहेको सन्र्दभमा बाल विकास शिक्षक र विद्यालय कर्मचारीको प्रा.वि सरह दरवन्दीको व्यवस्था कायमगरि तलब वृद्धि गर्न र शिक्षा ऐन जारी गर्न अर्थमन्त्री पौडेल समक्ष माग राखिएको जनाकारी गराएका छन् ।
जवाफमा अर्थमन्त्री पौडेलले स्थायी शिक्षक हकहित मञ्चले उठाएका माग प्रति आफु सकारात्मक रहेको जानकारी गराएका थिए । साथै अहिले देशमा राजनितिक संक्रमण रहेकाले तत्काल शिक्षा ऐन जारी गर्न मुस्किल हुने प्रष्ट पारे । बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धिको विषयमा आगामि बजेटमा माग सम्बोधन हुने जानकारी गरएका छन् ।



