काठमाण्डौं/१३ पुष- सीमा रक्षा हुनुपर्ने माग गर्दै ‘नाराबाजी र प्रदर्शन’ मा उत्रिएका विप्लव नेतृत्वको नेकपाका १६ जना विद्यार्थी कार्यकर्ता काठमाडौँबाट पक्राउ परेका छन् ।
प्रदर्शनीमार्गमा गरेको उक्त कार्यक्रममा हस्तक्षेप गर्दै प्रहरीले १६ जनाभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको हो । ‘पक्राउ पर्नेमा दुईजना महिला छन्, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले भने ।
सरकारले गत वर्ष फागुनमा विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । त्यसयता उक्त समूहका सयौं नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभागको विषय र अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै विप्लव नेकपा निकट विद्यार्थीले प्रदर्शन गरेको हो ।