गर्मीले पठनपाठन गर्न नसक्ने भएपछि विराटनगरका विद्यालय तीन दिन बन्द हुने

विराटनगर/२८ जेठ – अत्यधिक रुपमा गर्मी बढ्दै गएपछि विराटनगर महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगर अन्तर्गतका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।


गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि यही जेठ २८ देखि ३० सम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


पठनपाठन गर्ने अनुकूल अवस्था सिर्जना भएपछि विद्यालय सञ्चालन हुने महानगरको भनाई छ ।