शितलहरका कारण सिरहाका विद्यालय पाँच दिन बन्द

काठमाण्डौं/१३ पुुष– बाक्लो हुस्सु र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि आजदेखि पाँच दिनसम्मका लागि सिरहा नगरपालिकाका सबै विद्यालय बन्द हुुने भएकोे छ ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई मध्यनजर गर्दै पुुष १३ देखि १७ गतेसम्म वर्षे बिदाबाट कटौती हुनेगरी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए ।
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण त्यहाँको जनजीवन कष्टकर हुुनुका साथै चिसोेबाट बिरामीहरुको संख्या बढ्दै गएपछि स्थानीय प्रहरी, प्रशासन र विभिन्न तहले ठाउँठाउँमा सर्वसाधारणका लागि आगो ताप्न दाउराका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका अन्य सामग्री वितरण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *