काठमाण्डौं /१० पुष- भारतको एक प्रतिष्ठित प्राैद्याेगिकी संस्थान इंडियन इंस्टीट्यूट अफ टेक्नोलोजी (आईआईटी) मा पछिल्लो ५ बर्षमा करिब ५० जना विद्यार्थीको मृत्यु भएको छ ।
आईआईटीमा अधिकांश विद्यार्थीहरू साईन्स र टेक्नोलोजी सम्बन्धी पढ्न जान्छन् । नवभारत टाईम्समा ए. रघु रमनले चेन्नईबाट लेखेको खबर अनुसार सबै भन्दा धेरै १४ जना विद्यार्थीको मृत्यु आईआईटी गुवाहिटीमा भएको थियो । यी मध्ये अधिकाँशले आत्महत्या गरेका थिए भने केहीको मृत्यु शंकास्पद भएको भन्दै मुद्दा दर्ता गरिएको थियो । आईआईटी संस्थानको मद्रास र मुम्बईमा ७-७ जना विद्यार्थीको मृत्यु भएको थियो । हालसालै आईआईटी मद्रासकी छात्रा फातिमा लतीफको आत्महत्या सम्बन्धलाई लिएर त्यहांको दी रिभलुसनरी सोसलिष्ट पार्टीका सांसद एनके प्रेमचन्दनले सोधेको प्रश्नको जवाफ दिने क्रममा केन्द्रिय मानव शंसाधन विकास मन्त्रि रमेश पोखरियालले उक्त तथ्याङ्क दिएका हुन् । पोखरियालले यस विषयमा धेरै सांसदको तर्फबाट ज्ञापनपत्र प्राप्त गरेको जनाउँदै उक्त विषयको जाँच गर्न नित्तान्त आवश्यक रहेको र त्यसका लागि उचित कदम चाल्ने बताए ।
आईआईटीमा बढ्दो आत्महत्या घटनाको अनुसन्धान गर्न मानव संशाधन मन्त्रालयले ६ बर्ष पहिले आईआईटी कानपुरका पूर्व अध्यक्ष एम. आनन्दकृष्णको अध्यक्षतामा एक कमिटी नै बनाएकोे थियो । उक्त कमिटीले गरेको अध्ययन अनुसार धेरै जसो विद्यार्थी पढाईको बोझका कारण आत्महत्या गरेको पाईयो । त्यसैगरी जातिय र वर्गिय भेदभावका कारणले पनि विद्यार्थीमा धेरै चिन्ता बढेको र मानसिक तनाव भएको कारण रहेको पाईयोे । अध्ययनले उक्त तथ्य फेला पारे सँगै आनन्दकृष्णको टोलीले विद्यार्थीलाई अबको दिनमा सचेत गराउन आवश्यक परामर्श सेवा शुरु गर्न सिफारिस समेत गरेको छ ।