वेद कन्सल्टेन्सि अब दशौं वर्षमा प्रवेश

काठमाण्डौं/११ पुष– वेद ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सिले आफ्नो नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । विगत् नौ वर्षदेखी यस कन्सल्टेन्सिले वैदेशिक शिक्षाका लागि विद्यार्थीहरुलाई उचित शिक्षा र सही परामर्श दिई सेवा प्रदान गर्दै आईरहेको छ ।
पछिल्लो समय एजुकेशन कन्सल्टेन्सी व्यवसायी निकै फस्टाईरहेको छ ती मध्ये यस वेद कन्सल्टेन्सिले भरपर्दो सेवासुविधा प्रदान गर्नुका साथै त्यहाँबाट विभिन्न देशमा गएका विद्यार्थीहरूको के कस्तो अवस्था भईरहेकोछ भन्ने बारे समय–समयमा जानकारी लिने र समस्याको हल गर्ने काम गरेको छ । यस संस्थाले अष्ट्रेलिया, अमेरीका, यूके, क्यानडा र न्यूजल्याण्डका लागि शैक्षिक सेवा तथा परामर्श दिंदै आईरहेको छ ।
नर्वौ वार्षिक उत्सव पूरा गरेको उपलक्ष्यमा यस कन्सल्टेन्सिले अब आउने विद्यार्थीहररूलाई अष्टेलियालगायत अन्य देशका लागि पनि २०% स्कलरशीप प्रदान गर्ने र निशुल्क परामर्शलाई निरन्तरता दिने संस्थाका प्रबन्ध निर्देशक आशिक कार्कीले बताए ।