काठमाण्डौं/२१ फागुन– काठमाण्डौंस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय लगायत केही परीक्षा केन्द्रहरुमा विद्यार्थी संगठनले गरेको तालाबन्धि तत्काल खोल्न परीक्षा व्यवस्थापन कार्यालयले आग्रह गरेको छ ।
पूर्व जानकारी नगराई विभिन्न माग राखी गरिएको तालाबन्धि प्रति परीक्षा व्यवस्थापन कार्यालयले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न संकाय अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुका वर्ष तथा सेमेष्टरको परीक्षा यहि फागुन २३ गते देखि देशभरीका परीक्षा केन्द्रहरुमा सञ्चालन हुन गईरहेको अवस्थामा आकस्मिक रुपले गरिएको तालाबन्दीले परीक्षाको तयारी गरीरहेका विद्यार्थीहरुमा अन्यौलको स्थिति सृजना हुन जाने भएकाले विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न र आफ्ना मागहरुलाई वार्ताले तत्काल समाधान गर्न अनुरोध गरेको छ ।
साथै, परीक्षा व्यवस्थापन कार्यालयको काम कार्वाही र सञ्चालन हुन गईरहेका परीक्षाहरुलाई निर्वाध रुपले सञ्चालनका लागि सहयोग पु¥याउन सम्बन्धित निकायलाई अपिल गरेको छ ।
परीक्षा व्यवस्थापन कार्यालयले विभिन्न परीक्षा केन्द्रहरुमा गरिएको तालाबन्दी तत्काल खोली संवादको माध्यमबाट मागहरुको निकासा खोजी पूर्वाञ्चल विश्वविद्यालयको प्रतिष्ठा जोगाउन समेत विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।


