काठमाडौं/३ पुस– कैलालीको धनगढी उपमहानगरपालिकाले अत्याधिक चिसो बढेपछि दुईदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालनमा कठिनाई भएकाले दुईदिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।
उनका अनुसार उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत दुवै विद्यालय दुईदिनका लागि बन्द गरिएको हो । उपमहानगरपालिकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।