काठमाडौं/४ पुस– शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको कैलाली, कपिलवस्तु र सप्तरी जिल्लाको सूचि सार्वजनकि गरेको छ ।
आयोगले कैलाली जिल्लामा जम्मा सिफारिस संख्या ४६ र करार सिफारिस संख्या २३ रहेको छ । त्यस्तै, कपिलवस्तु जिल्लामा जम्मा सिफारिस संख्या ४४ र करार सिफारिस संख्या २२ रहेको भने सप्तरी जिल्लामा ६० सिफारिस संख्या र ३० करार सिफारिस संख्या रहेको छ ।
आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्धारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनमा लागि आयोगले प्रकाशन गरेको हो ।
नतिजा हेर्ने यहाँ क्लिक गर्नुहोस् ।