एमबीएस र एमपीएको प्रवेश परीक्षा माघ १८ गते हुने

काठमाडौं/३ पुस– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले मास्टर्स अफ बिजनेश स्टडिज (एमबीएस) र मास्टर्स अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) को प्रवेश परीक्षा माघ १८ गते हुने भएको छ ।
प्रवेश परीक्षाका लागि विद्यार्थीहरुले पुस ४ गतेदेखि माघ ३ गतेसम्म नियमति शुल्कमा आवेदन दिन सक्नेछन् भने बिलम्व शुल्कमा भने माघ ५ गतेदेखि १० गतेसम्म फारम भर्न सकिनेछ । प्रवेश परीक्षा शुल्क १ हजार ५ सय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *