विद्यार्थी मूल्याङ्कनमा शिक्षकको निर्देशन तथा सहजीकरणमा विद्यार्थीले सिकाई गर्नुपर्ने

काठमाण्डौं/१९ फागुन– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड महामारीका सन्दर्भमा विद्यार्थीको सिकाई सकजीकरण गर्न पाठ्यवस्तु समायोजना ढाँचा, २०७७ मा शिक्षकले सहजीकरण गर्नुपर्ने भन्दै विद्यार्थी मूल्याङ्कन गर्न निर्देशन दिएको छ ।
शिक्षकको निर्देशनमा विद्यार्थीले सिकाई गर्नुपर्ने विषयवस्तु छनौट गरिएका विद्यार्थी मूल्याङकनको सम्बन्धमा दुवै विषयवस्तुबाट मूल्याङ्कन गर्नुपर्ने हो वा होईन भन्ने द्विविधा भएको विषयमा विद्यार्थीको आन्तरिक तथा बाह्य मूल्याङ्कन गर्दा पाठ्यक्रम निर्धारण गरेका सबै विषयवस्तु समेतेर शिक्षकले सहजीकरण गरी शिक्षक कै निर्देशनमा विद्यार्थीले सिक्नुपर्ने पाठ्यक्रम पुस्तक केन्द्रका महानिर्देशक केशब प्रसाद दाहालले जानकारी दिए ।