मदन बाबु दवाडी
प्रिन्सिपल
स्वाती सदन स्कुल तथा कलेज
काठमाडौ /१९ फागुन – न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको काठमाण्डौंको माछापोखरीस्थित बालाजु–१६ मा रहेको स्वाती सदन स्कुल तथा कलेजले नर्सरीदेखी स्नातक तह सम्मको पढाई सञ्चालन गर्दै आईरहेको छ ।
पछिल्लो समय तल्लो तहदेखि उच्च शिक्षा अध्ययनमा यस कलेजले विद्यार्थीहरुका लागि के– कस्तो व्यवस्था गरेको छ र कोरोना पश्चात् विद्यार्थीहरुमा कस्तो खालको परिवर्तन आयो भन्ने विषयमा स्वतिसदन कलेजका प्रिन्सिपल, मदन बाबु दवाडीसंग खबर एजुकेशनले गरिएको संवाद–
स्वतिसदन (एसएस) कलेजले कस्ता कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ? अब कुन कार्यक्रम थप्दै हुनुहुुन्छ ?
काठमाण्डौं माछापोखरी स्थित एसएस कलेजले नर्सरीदेखी स्नातक तह सम्मको पढाई सञ्चालन गर्दै आईरहेको छ । कक्षा १२ मा व्यवस्थापन संकायमा धेरै विद्यार्थीहरु भएका कारण यस कलेजले बीबीएस सञ्चालन गर्दे आईरहेको छ । व्यवस्थापन संकायमा मात्रै अहिले करिब तीन सय जना विद्यार्थीहरु अध्ययनरत छन् । अब निकट भविष्यलाई हेरेर अन्य कार्यक्रमहरु पनि ल्याउने योजना बनाईरहेका छौं । तत्कालका लागि भने हामी बीएसडब्लू, बीबीएसडब्लू र बीबीए कार्यक्रमहरु ल्याउने तयारीमा छौं ।
विद्यार्थीले एसएस कलेज किन पढ्ने ?
यो कलेजमा पढेर गएका विद्यार्थीहरु कोही डाक्टर पनि भएका छन्, कोही ईञ्जिनियर र सीए पनि भईसकेका छन् । यस्तै, अधिकांश विद्यार्थी बैंकका व्यवस्थापक पनि भएका छन् । साथै, एसईई र १२ कक्षाको परिक्षामा समेत यहाँका विद्यार्थी अब्बल भएर निस्केका छन् । यसकारण पनि यो कलेजले दिईरहेको शिक्षा राम्रो र गुणस्तरिय छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
न्यूनतम शुल्कमा नै एसएस कलेजले गुणस्तरीय शिक्षा सेवा दिईरहेको हुनाले विद्यार्थी आफैले यो कलेज खोजी खोजी आउने गरेका छन् । प्रतिशतकै कुरा गर्ने हो भने यो कलेजबाट विगत् वर्ष देखी पास भएका विद्यार्थीको संख्याको क्रम बढ्दो छ । न्यूनतम शुल्कमै पनि कुनै पनि कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने लाग्छ । त्यसकारण विद्यार्थीको रोजाइमा एसएस कलेज पर्ने गर्छ ।
यस लकलेजका विशेषताहरु के के छन् ?
कलेजका विशेषताहरु भन्नुपर्दा यो कलेज नीजि लगानिबाट सञ्चालित भएता पनि मध्यम तथा आर्थिक स्तर कमजोर भएका विद्यार्थीहरुलाई मध्यनजर गर्दै स्थापना काल देखी नै यसले न्यूनतम शुल्कमा नै पढाई सञ्चालन गर्दै आईरहेको छ । यो कलेजले नाफालाई भन्दा बढी गुणस्तरिय शिक्षा सेवालाई प्राथमिकता प्रदान गर्दै आईरहेको छ । यसर्थ, मध्यम तथा निन्न वर्गिय विद्यार्थीहरुले पनि यो कलेजबाट उच्च स्तरिय शिक्षा सेवा तथा सुविधा लिईरहेका छन् । त्यसको विशेषता भनेकोनै न्यूनतम शुल्कमा गुणस्तरिय शिक्षा हो ।
पढाइमा प्रविधिको प्रयोग कत्तिको गर्नुभएको छ ?
विभिन्न हचुवाको भरमा नभई हामीले पाठ्यक्रमको आधारमा दक्ष शिक्षक राखेर पढाई सञ्चालन गरेका छौं । यसका साथै यो कलेज प्रविधि मैत्री पनि छ । पठन –पाठनलाई केन्द्रित गर्न प्रविधिलाई नै विस्तार गर्दै अहिले हामीले मोबाईलबाट पनि विद्यार्थीहरुलाई सहज हुने किसिमले अध्ययनमा जोड दिन समयसमयमा निगरानी गर्ने, अनुशासनमा राखी गृहकार्य गर्न लगाई मोबाईलको सही सदुपयोग गर्न सहयोग पु¥याउने अभियानमा जाने योजनामा छौं । लकडाउन कै समयमा पनि हामीले अनलाई मार्फत्, जुम कार्यक्रममार्फत् प्रभावकारी रुपमा पढाई सञ्चालन गरेका थियौं ।
कोरोना महामारीका कारण पठनपाठनमा समस्या आएको छ, यस्तो अवस्थामा अभिभावकको भूमिका कस्तो हुनु पर्छ ?
कोरोना महामारीका कारण अहिले विशेषगरी विद्यार्थीहरु समस्यामा परेका छन् । निश्चित तथा लामो समयको पाठ्यक्रम छोटो समयमा नै तयारी सक्याउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । यसले विद्यार्थीको मानसिकतामा केही परिवर्तन भएको छ । यसले उनीहरुको पढ्ने बानीमा पनि कमि ल्याएको छ । पढाईमा विद्यार्थीहरु अल्छि भएका छन् । तर, यस्तो अवस्थामा स्कूल तथा कलेजले मात्र जिम्मा तथा दायित्व लिन्छ भन्ने मानसिकता नलिई विद्यार्थीहरु पनि आफ्नै प्रयास तथा अभिभावकको सहयोगले जिम्मेवारी पूर्ण ढङ्गले भूमिका निर्वाह गर्न सक्यो भने पनि अध्ययन गर्न ठूलो मद्दत पुग्नेछ । अभिभावकले पनि यस्तो विषम परिस्थितिमा आफ्ना बच्चाहरुलाई निगरानीमा राखेर पठनपाठनमा ध्यान गर्न जोड दिनुपर्छ ।



