विद्यार्थी बेहोस हुन थालेपछि दुई दिनलाई विद्यालय बन्द


दार्चुला /१८ फागुन – एक्कसाी विद्यार्थीहरु बेहोस हुन थाले पछि विद्यालय बन्द गरिएको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेश विनायक माविमा अध्ययन गर्ने विद्यार्थीहरु एक्कासी बेहोस हुन थाले पछि विद्यालय बन्द गरिएको हो ।

कक्षा ३,४ र कक्षा ९,१० का छात्राहरु एक हप्ता अघि देखी दैनिक जसो लेख्दा लेख्दै र पढ्दा पढ्दै बेहोस हुने गरेको विद्यालयले जानकारी दिएको छ ।

यसरी छात्राहरु दैनिक रुपमा बेहोस हुन थाले पछि वडा अध्यक्ष, स्थानिय प्रहरी चौकी र विद्यालय व्यवस्थापन समितिको छलफल पछि दुई विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

छात्राहरु के कारणले बेहोस भए भन्ने बारेमा चिकित्सकहरु समेत अन्योलमा रहेको विद्यालयले जनाएको छ । छात्राहरुले बेहोस भएपछि काप्ने, चिच्याउने र सास बन्द गर्ने जस्ता क्रियकलापहरु देखाउने गरेको विद्यालयले जनाएको छ ।