व्यवस्थापनका लागि एपोलो कलेज उत्कृष्ट

काठमाडौ/ १५ फागुन – काठमाडौको लाखेचौर मार्ग, नयाँ बानेश्वरस्थित व्यवस्थानपन संकाय अध्यापन गराउने एक विशेष पहिचान बनाउन सफल कलेजहरुमध्ये एक हो, एपोलो इन्टरनेशनल कलेज । स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गतका विषयहरुमा अध्यापन हुने यस एपोलो इन्टरनेशनल कलेज एआईसी सन् २०१० मा स्थापना भएको हो ।

पर्यटन र आतिथ्य उद्योगका लागि आवश्यक दक्ष मानव संसाधनहरु उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई साना र मध्यम खालको उद्यमी बनाउन सहयोग गर्ने शिक्षा प्रदान गर्दे आईरहेको छ । यस कलेजमा स्नातक तहमा बीबीए र बीएचएम बीआई कोर्ष पढाई हुदै आएको छ । सन् २०१७ देखि यस कलेजले व्यवस्थापन विषयमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीएचएम विषयको अध्यापन सुरु गरेको हो ।

अहिलेको परिर्वतनशील समाजको आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धताका साथ विद्यार्थीहरुमा नेतृत्वको क्षमता तथा रचनात्मकता उद्यमशीलता विकास गर्ने र भविष्यमा आउन सक्ने चुनौतिहरुको सामान गर्ने सक्ने शिक्षा प्रदान गदेै आइरहेको छ । कलेजले विद्यार्थीहरुलाई व्यवस्थापनमा उच्च अध्ययनका लागि प्रयत्न आधार बनाउने मात्र काम नगरी विद्यार्थीहरुलाई प्रतिष्ठित व्यतिmत्वको रुपमा समाजमा नेतृत्व गर्न सक्ने बनाउन सहयोगी भुमिका पनि निर्वाह गर्ने गरेको छ ।

यस कलेजले विद्यार्थीहरुलाई उनीहरुमा भएको विभिन्न क्षमतालाई बाहिर ल्याउनका लागि प्रोत्साहित गर्दे सिकाइ प्रभावकारी होस् भन्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएका छ । सैद्धान्तिक कुरामा मात्र विद्यार्थीहरुलाई जोड नदिई प्रयोगात्मक विषयमा पनि जोड गर्दै आईरहेका छ । अहिलेको समयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र हँुदैन भन्ने कुरालाई अनुशरण गरेर कलेजका विद्यार्थीहरुलाई फिल्ड वर्क, ग्रुप वर्क र इन्र्टनसिप गराउने कार्य समेत गर्दै आईरहेका छ । व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरुलाई उद्यमशील, प्राविधिक र व्यक्तित्व विकासको सीप र क्षमता विकासमा यो कलेज कार्यशील छ । विद्यार्थीहरुको प्रतिभा, दक्षता, अनुभव र ज्ञानलाई कलेजमा रहेका शिक्षित, उद्यमी र व्यवसायीहरुको समूहले विद्यार्थीको ज्ञान र भविष्यको पदोन्नति र विकासका लागि उनीहरुका दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।

यस एआईसि कलेजले विद्यार्थीहरुलाई सांस्कृतिक शिक्षा तालिम ओरेन्टेसन, काउन्सिलिङ्गका अतिरितm क्रियाकलाप लगायतका अन्य शैक्षिक कार्यक्रमहरु गर्ने गरेको छ । यस कलेजमा सम्बन्धित संकायका शिक्षकहरुले हरेक विद्यार्थीहरुलाई आवश्यकता परेको समयमा सहयोग र परामर्श दिदै आएको छ । एआईसि कलेजले आफ्ना विद्यार्थीहरुलाई सहज महशुस गराउन र अध्ययन पछि पनि उनीहरुको जिवनमा आउने विभिन्न चुनौतिहरुलाई समाधान गर्न तथा जटिल परिस्थितिकोे सामना गर्नका लागि समक्ष बनाउन यस कलेजले विशेष भूमिका खेल्दै आईरहेको उनको भनाई छ । जसको कारणले गर्दा हामीले पोखरा विश्वविद्यालयमा हरेक सेमेस्टरको परिणाममा पहिलो स्थान लिनुका साथै डेन अवार्डको सूचिमा समेत पार्र्न सक्नु हाम्रोका लागि गर्वको कुरा हो ।

कलेजले बीबीए अध्ययन गर्ने विद्यार्थीहरुलाई सबैभन्दा उत्कृष्ट अवसर र सुविधाहरु प्रदान गर्र्दै आएको छ । कलेज बीबीए विद्यार्थीहरुका लागि मात्रै नभई आतिथ्य र पर्यटनको क्षेत्रमा पनि विद्यार्थीका लागि उति नै उपर्युतm छ । व्यापार र प्रविधि क्षेत्रमा तीव्र गतिमा परिर्वतन भईरहेको समयमा यस कलेजले कोर्सलाई पनि सोही अनुसार परिवर्तन गर्र्दै लगेको छ । घरेलु, उद्यमी र बजारबाट बहुराष्ट्रिय उद्यम तथा एकल ग्लोबल मार्केटमा परिवर्तनलाई सुहाउँदो शिक्षा प्रदान गर्नका लागि कलेज सदैव सचेत रहेको छ ।