पूर्वाञ्चल विश्वविद्यालय स्नातक तहको प्रवेश परीक्षा फागुन ७ र ८ गते


काठमाडौं /४ फागुन – पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहमा नयाँ भर्नाको प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र र समय तालिका प्रकाशित गरेको छ ।

विज्ञान तथा प्रविधि र इन्जिनियरीङ्ग संकाय अन्तर्गतका सम्पूर्ण आंगिक एवम् सम्बन्धन प्राप्त कलेजहरुमा संचालित स्नातक तहको नयाँ भर्नाको लागि फागुन ७ र ८ गते प्रवेश परीक्षा हुने विश्वविद्यालयले सूचना प्रकाशित गरेको छ ।