यौन दुव्र्यावहार न्युनीकरण गर्न विद्यालयमा गुनासो पेटिका राख्न निर्देशन


काठमाडौ /३ फागुन – शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालयमा गुनासो पेटिका राख्न सबै विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयमा वालवालिकाहरुमाथि यौन दुव्र्यावहार,शोषण,तथा लैङ्गिक हिंसाका समाचारहरु निरन्तर प्रकाशित भएको कारण केन्द्रले गुनासो पेटिका राख्ने निर्णय गरेको हो ।

केन्द्रले विद्यालय हाता भित्र तथा विद्यालय वाहिर विद्यार्थीहरु माथि हुने सबै प्रकारका भेदभाद, यौन दुव्र्यावहार,शोषण,लैङ्गिक हिंसा,मानसिक तथा शारीरिक दण्डसजाय न्युनीकरण गर्न गुनासो सुनुवाई कार्यविधि,२०७४ (संशोधन २०७७ सहित) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत केन्द्रद्धारा कार्यान्वयनमा ल्याएको छ ।

साथै कार्यविधि अनुसार प्रत्येक विद्यालयमा विद्यार्थीहरुको गुनासो सुनुवाई व्यावस्थि गर्न अनिवार्य रुपमा गुनासो पेटिका राख्नु पर्ने शिक्षा तथा मानव स्रोत केन्द्रले जानकारी दिएको छ ।

सम्भव भएसम्म विद्यालयले एकजना महिला शिक्षकलाई लैङ्गिक सम्पर्क विन्दु तोक्ने प्रावधानलाई कार्यन्वयन गर्ने समेत सबै विद्यालयलाई निर्देशन दिएको छ ।