लमजुङ /२६ माघ- वेसीशहर नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयमा २५ वर्ष भन्दा बढि स्थायी सेवा गरेका शिक्षकले स्वेच्छाले राजिनामा दिएमा नगद र सम्मानपत्र सहित सम्मान गर्ने भएको छ ।
नगरशिक्षा समितिको वैठकले सामुदायिक विद्यालयमा कार्यरत २५ वर्ष भन्दा बढि स्थायी सेवा गरेका शिक्षकले स्वेच्छाले राजिनामा दिएमा नगद र सम्मानपत्र सहित सम्मान गर्ने निर्णय गरेको हो ।
सूचनामा भनिए अनुसार २५ वर्ष भन्दा बढि स्थायी सेवा गरेका शिक्षकले स्वेच्छाले यहि चैत्र मसान्त भित्र राजिनामा दिनु पर्ने छ ।



