काठमाडौ/ २५ माघ- कुनै जमानामा फोन हुनु आफैमा ठूलो कुरा थियो भने अहिले स्मार्टफोन सबैको पहुँचमा भैसकेको छन् । प्रविधिको विकासले विश्व जगतलाई नै सानो परिधीभित्र ल्याएर राखिदिएको छ । अहिले हरेक क्षेत्रमा सूचना प्रविधि अत्यावश्यक भइसक्यो । हरेक दिन सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ विकासहरु भइरहेका छन् भने सोही अनुसारले यसका लागि आवश्यक दक्ष जनशक्तीको माग पनि उसैगरी बढि रहेको छ ।
पछिल्लो समयमा सूचना प्रविधिले आजको युगमा आफ्नो प्रभाव छाडिसकेको छ । अहिले हरेक क्षेत्रमा प्रविधि अपरिहार्य भइसकेको छ । यसले गर्दा करिअरका विभिन्न पाटामध्ये आईटीको क्षेत्र पनि एक भएको छ । करिअरका क्षेत्र समयसँग परिवर्तन भइरहन्छन । कहिले कुन क्षेत्र त कहिले कुन क्षेत्र । यस्तोमा कुनै पनि संस्था चाहे त्यो बैंक होस वा चाहे त्यो, मिडिया वा कुनै सामान्य पसल नै किन नहोस प्रविधिको साथ बिना अहिले बजारमा प्रतिष्प्रर्धा गर्न सक्दैनन् ।
कुनै पनि विषयले तब राम्रो हुन्छ, जब उक्त विषयले बजारमा काम लाग्ने जनशक्ती उत्पादन गर्छ । अझ भनौँ व्यवहारिक ज्ञान दिन्छ । यस्तोमा सीएसआईटी व्यवहारिक ज्ञान दिने विषयका रुपमा उदाएको छ । सूचना प्रविधिको बढ्दो पहुँच, विकास तथा अपरिहार्यताले गर्दा नै अहिले यो विषय पढ्ने विद्यार्थी तथा पढाउने कलेजको संख्या वर्षेनी बढ्दै गईरहेका छन् ।
कुनै पनि विषयले तब राम्रो हुन्छ, जब उक्त विषयले बजारमा काम लाग्ने जनशक्ती उत्पादन गर्छ । अझ भनौँ व्यवहारिक ज्ञान दिन्छ । यस्तोमा सीएसआईटी व्यवहारिक ज्ञान दिने विषयका रुपमा उदाएको छ । सूचना प्रविधिको बढ्दो पहुँच, विकास तथा अपरिहार्यताले गर्दा नै अहिले यो विषय पढ्ने विद्यार्थी तथा पढाउने कलेजको संख्या वर्षेनी बढ्दै गईरहेका छन् । यसका लागि अहिले विभिन्न विश्वविद्यालयहरुले सूचना प्रविधि सम्बन्धित अनेकानेक कोर्सको अध्यापन सुरु गरेको देखिन्छ । खास गरी विश्वविद्यालयहरुले बीएससी. सीएसआईटी, बीसीए लगायतका कोर्सलाई प्राथमिकताका साथ अगाडि बढाएको पाइन्छ ।
ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (द्यऋब्)मा कम्प्युटरको एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ । कम्प्युटर (हार्डवेयर) भएर मात्र हुँदैन, कम्प्युटरलाई सरल र सहज रूपमा चलाउन एप्लिकेसन आवश्यक पर्छ । बीसीएले त्यो एप्लिकेसन बनाउन आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ ।
बीसीए सफ्टवेयरसँग सम्बन्धित विषय हो, र नेपालमा सफ्टवेयरको बजार निकै ठूलो भएकाले यो अहिलेको समयमा अत्यावश्यक विषय हो । विद्यार्थीहरुले मैले किन बीसीए विषय पढ्ने, यसको स्कोप के छ भन्ने कुरा बुझेर मात्र पढ्दा राम्रो हुन्छ ।
अहिलेको समयमा आईटी सम्बन्धी सीप नभई कुनैपनि क्षेत्रमा जागिर पाउन गाह्रो छ । बीसीए यस्तो विषय हो जहाँ आईटी र व्यवस्थापन दुवै विषयलाई समेटिएको हुन्छ । यो विषय अध्ययन गरेका विद्यार्थीहरुसँग शैक्षिक योग्यताका साथै सीप पनि हुन्छ । जसले गर्दा रोजगारी पाउन सजिलो हुन सक्छ ।
अहिलेको समयमा आईटी सम्बन्धी सीप नभई कुनैपनि क्षेत्रमा जागिर पाउन गाह्रो छ । बीसीए यस्तो विषय हो जहाँ आईटी र व्यवस्थापन दुवै विषयलाई समेटिएको हुन्छ । यो विषय अध्ययन गरेका विद्यार्थीहरुसँग शैक्षिक योग्यताका साथै सीप पनि हुन्छ । जसले गर्दा रोजगारी पाउन सजिलो हुन सक्छ ।
त्यसै गरी बीएससी.सीएसआईटी स्नातक तहमा कम्प्यूटर तथा आईटी बारे अध्ययापन गराउने विषय हो । अहिले नेपाल तथा विदेशी विश्वविद्यालयमा आईटीका कार्यक्रमहरु अध्ययन र अध्यापन भइरहेको छ । विज्ञान तथा प्रविधिको युगमा आईटी विद्यार्थीहरुकोलागि यो एक मूख्य लक्ष्य बनेको छ । बीएस्सी.सीएसआईटीले आईटीको क्षेत्रका लागि चाहिने नयाँ नँया प्रविधि सम्बन्धी खोज तथा अनुसन्धान सिकाउन मद्दत गर्छ ।
यो विषयले कम्प्यूटर विज्ञान र सूचना प्रविधिको सिद्धान्तहरु विकास गरि विश्वमा विभिन्न समस्याको हल गर्न लागू गरिन्छ । नयाँ नयाँ खोज अनुसन्धानको साथसाथै नँया टेक्नोलोजी बनाउन सिकाँउने बीएस्सी.सीएसआईटी कोर्सले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दछ जसले आईटी उद्योगमा आइपरेको समस्या समाधान गर्न प्रभावकारी रुपमा सहयोग गर्छ ।
नयाँ नयाँ खोज अनुसन्धानको साथसाथै नँया टेक्नोलोजी बनाउन सिकाँउने बीएस्सी.सीएसआईटी कोर्सले विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दछ जसले आईटी उद्योगमा आइपरेको समस्या समाधान गर्न प्रभावकारी रुपमा सहयोग गर्छ ।
बीएससी. सीएसआईटी रिसर्चमा आधारित विषय हो । आईटी सम्बन्धी मात्र र्कोष नभएर यो कम्प्यूटर साइन्सको पक्षलाई बढि जोड दिएको छ । कम्प्यूटर साइन्समा कम्प्यूटर एप्लिकेशनहरु कसरी प्रयोग गर्न सकिन्छ भन्दा पनि रिर्सचमा जोड दिदै यसका सिद्धान्त्हरु र प्रविधिमा जोड दिने गर्दछ । यो र्कोषले साइन्स र आईटी दुवैका आधारभूत सिद्धान्तहरु बारे विद्यार्थीलाई ज्ञान दिदै यस्ता सिद्धान्तलाई कसरी वास्तवि समस्याहरुको समाधान खोज्ने भन्ने तर्फ व्यवहारिक जोढ दिन्छ । आईटी क्षेत्रमा उपयुक्त जनशक्ति यस कार्यक्रमले तयार पार्ने लक्ष लिएको छ ।
अन्तत प्रविधिकै विकासले हरेक कामहरु सहज र छिटो गर्न सकिएको छ । आज विश्वका विकसित देशको कुरा गर्दा प्रविधिकै कारणले यहाँसम्म आइपुगेका हुन । त्यसैले नेपालमा पनि अथाह सम्भावना रहेको यस क्षेत्रमा लाग्ने र यसैलाई करिअर बनाएर अगाडि बढ्न पाइला चाल्ने हो भने अवश्य पनि सफलता मिल्ने देखिन्छ । त्यसैले सुरक्षित करिअका लागि बीएससी. सीएसआईटी, बीसीए,आफैमा गतिलो विषय भनेर राम्रो विकल्पका रुपमा देखिएको छ ।



