शिक्षा मन्त्रालय द्धारा छात्रवृत्तिका लागि आवेदन माग


काठमाडौ /१६ माघ- शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो )ले टिएसएलसी,प्रि–डिप्लोमा तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १८ महिने टिएसएलसी,प्रि–डिप्लोमा तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रदान गरीने छात्रवृत्ति कार्यक्रममा पिएमटी फारम भरेका विद्यार्थीहरुको पिएमटी स्कोरको प्रारम्भिक छनौट नतिजा समेत www.event.gov.np मा प्रकाशित गरेको छ ।

साथै प्रकाशित नतिजा अनुसार छात्रवृत्तिका लागि प्रारम्भिक छनौटमा परेका र सिटिईभिटी अन्र्तगत सम्बन्धित प्राविधिक विद्यालय,शिक्षालयहरुमा भर्ना भएका तथा अन्य निकायहरुबाट छात्रवृत्ति नपाएका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भर्न सक्ने जनाएको छ ।

त्यसै गरी फारम भर्न परीयोजनाको वेबसाईटबाट डाउनलोड गरी तोकिएको कागजसहित विद्यालय,शिक्षालयहबाट प्रमाणित गराई २०७७/११/१५ गते सम्म परीयोजनाको इमेल [email protected] मार्फत परीयोजनाको सचिवालयमा सिधै दर्ता गराउन भनिएको छ ।


आवेदन दिएका विद्यार्थीहरुको पिएमटी स्कोरको योग्यताक्रमका आधारमा स्वकृत कोटा भित्र छात्रवृत्तिका लागि छनौट गरीने छ ।