त्रिभुवन विश्वविद्यालयको परीक्षा सम्बन्धि सूचना


काठमाडौ /१६ माघ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले वार्षिक परीक्षा प्रणली अनुरुप २०७७ सालमा संचालन हुने परीक्षा केन्द्र,परीक्षा तालिका र परीक्षा फारम सम्बन्धि सूचना जारी गरेको छ ।

जसमा तीन वर्षे एल.एल.वि. दोस्रो वर्षको परीक्षा केन्द्र, तीन वर्षे स्नातकोत्तर तह एल.एल. वि. तेस्रो वर्ष आंशिक परीक्षा तालिका, २ वर्षे स्नातक तह एल.एल. वि. दोस्रो वर्ष आंशिक परीक्षा आवेदन फारम, तीन वर्ष स्नातकोत्तर तह एल. एल. एम. तेस्रो वर्ष आंशिक परीक्षा आवेदन फारम र तीन वर्ष एल.एल. वि. प्रथम वर्षको नियमित तथा आंशिक परीक्षा आवेदन फारम सम्बन्धि सूचना जारी गरेको हो ।

विस्तृत जानकारी www.tuexam.edu.np बाट लिन सकिने त्रिविले जनाएको छ ।