पूर्वाञ्चल विश्वविद्यालयका कलेजहरुमा इन्जिनियरिङ्ग किन पढ्ने ? यी छन्, ११ महत्वपूर्ण तथ्यहरु

गोपीकृष्ण न्यौपाने
म्यानेजिङ्ग डाइरेक्टर,हिलसाइड कलेज अफ इन्जिनियरिङ्ग

१. पाठ्यक्रम :-

समृद्व मुलुक निर्माणका लागि दक्ष इन्जिनियर विना संभव छैन, दक्ष इन्जिनियर तयार गर्नका लागि पाठ्यक्रम समसामयिक हुन जरुरी छ । पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रम तयार गर्दा मुलुकलाई बिसौं वर्षसम्म आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना सहित तयार गरिएकोले पाठ्यक्रम उत्कृष्ट छ र पढिसकेपछि स्वदेश वा विदेशमा सजिलै काम पाउन सकिन्छ ।

२. परीक्षा प्रणालीमा सुधारः-

सेमिष्टर सिष्टमको परीक्षा नियमित हुने गरेको छ, जसले गर्दा चार वर्षको कोर्ष चार वर्षमै पूरा गरी तोकिएको समयमै विद्यार्थीहरुले पठनपाठन पूरा गरिरहेका छन्, पूरा गर्नेछन ।

३. कोभिडको समयमा पनि परीक्षा सम्पन्नः-

कोभिड कहरले नराम्ररी प्रभावित गरेको बेला विश्वविद्यालयले तत्काल निर्णय गरेर Time Bound Home Based Exam गराउन सफल भयो, यसले विद्यार्थी लाई ठूलो हौसला मिलेको छ, अरु कुनै विश्वविद्यालयले निर्णय गर्न सकेनन् तर पूर्वाञ्चल विश्वविद्यालयले समयमै निर्णय गरेर परीक्षा सम्पन्न गर्न सफल भयो, यसले वार्षिक शैक्षिक क्यालेण्डर पूरा गर्न सहज भएको छ । पछिल्लो समयमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्डहरु पूरा गरी भौतिक उपस्थितिमा परीक्षा लिन सुरु गरिसकिएको छ ।

४. सक्षम उपकुलपतिः-

विश्वविद्यालयको लिडर भनेको उपकुलपति हो, पूर्वाञ्चल विश्वविद्यालयले विश्वविद्यालयलाई नजिकबाट बुझेको प्राज्ञिक व्यक्तित्व प्रा. डा. यादव राज कोइरालाज्यूलाई उपकुलपतिको रुपमा पाएको छ । उपकुलपतिको नेतृत्वमा प्राज्ञिक परिषद् र कार्यकारी परिषद् जस्ता महत्वपूर्ण अंगहरुमा प्राज्ञिक तथा प्रशासनिक अनुभव प्राप्त व्यक्तित्वहरु नियुक्ति हुनुले पनि विश्वविद्यालयका आगामी दिनका शैक्षिक गतिविधिहरु अगाडि बढ्ने कुरामा सुनिश्चितता प्रदान गरेको छ ।

५. पदाधिकारीको नियुक्तिमा प्रतिस्पर्धाः-

अहिले खाली रहेका रजिष्ट्रार र डीनहरु जस्ता महत्त्वपूर्ण पदहरुमा खुल्ला प्रतिष्पर्धाबाट चयन गर्ने विधिले विश्वविद्यालयमा योग्य र सक्षम व्यक्ति नियुक्ति हुने अवस्थाको प्रत्याभूति दिएको छ ।

६. Civil,Electrical लगायतका महत्त्वपूर्ण कार्यक्रमहरु संचालनमाः-

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग पठनपाठन गर्ने आफ्नै आंगिक कलेज रहेको छ भने देशका विभिन्न स्थानमा १६ वटा इन्जिनियरिङ कलेजहरु रहेका छन । यी कलेजहरुमा Civil, Electrical, Biomedical, IT लगायत मुलकको लागि चाहिने जनशक्ति उत्पादन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालित रहेका छन । Hillside College Of Engineering सबैभन्दा पछि सम्बन्धन प्राप्त गर्ने कलेज हो, जहां Civil तर्फ ९६ र ELECTRICAL तर्फ ४८ जना विद्यार्थीहरु भर्ना गरिन्छ ।

७. शुल्क पनि कम, १०% छात्रवृत्तिको सुविधा पनिः-

इन्जिनियरिङ कार्यक्रमहरुमा कोटा निर्धारण गरिएकोले वर्षेनी जना +२ गरेका विद्यार्थीहरु भर्ना हुने र इन्जिनियर बनेर निस्कने प्रक्रियामा हुन्छन । अरु विश्वविद्यालयको तुलनामा शुल्क पनि कम छ अर्थात् चार वर्षको कोर्षका लागि औषत १० लाखको हाराहारीमा मात्रै शुल्क रहेको छ । यसमा पनि भर्ना भएको संख्याको १०% विद्यार्थीले छात्रवृत्ति पाउंछन् ।

८. Extra Math नलिएका Bio Group ले पनि Engineering पढ्न पाउनेः-

Hydropower,Communication,Industries, Apartments लगायतका क्षेत्रहरुको मागलाई ध्यानमा राखी पछिल्लो समयमा Electrical कार्यक्रमहरु समेतको पाठ्यक्रम तयार गरी पठनपाठन भईरहेको छ । Electrical Program लगायत Engineering पठनपाठन गर्न पूर्वाञ्चल विश्वविद्यालयले +२ साइन्समा C Grading वा ४५% ल्याउनुपर्ने criteria तोकेको छ । अर्थात Extra Math नलिएका Bio-Group ले पनि Engineering पढ्न पाउंछन् । Mathematics लाई Engineering को पाठ्यक्रमा समाहित गरिएको छ ।

९. कमितिहरु क्रियाशिलः-

Faculty Board / Subject Committee हरुमा योग्य र अनुभवी इन्जिनियरिङ क्षेत्रका प्राध्यापकज्यूहरुलाई मनोनयन गरी क्रियाशील बनाइएको छ, नियमित बैठक भई निर्णय गर्न शुरु भईसकेको अवस्था छ ।

१०. मास्टर प्रोग्रामलाई महत्वः-

Construction Management, Electrical Power Management, Hydropower लगायतका कार्यक्रमहरुको Master Level को पाठ्यक्रम तयार भई यसै शैक्षिक सत्रदेखि पठनपाठन गर्ने स्वीकृतिका लागि प्रक्रियामा रहेको छ ।

११. स्थानीय सबै राजनितिक दलको सहयोग गर्ने प्रतिवद्धताः-

विभिन्न किसिमका राजनितिक आन्दोलनबाट प्रताडित रहेको पूर्वाञ्चल विश्वविद्यालयमा पछिल्लो समयमा स्थानीय तहका सबै राजनितिक दलहरुको सहयोग र समर्थनबाट प्राज्ञिक उन्नयन गर्न सहजिकरण भएकोले कुनैपनि राजनितिक उतारचढावले विश्वविद्यालयको गतिलाई बाधा पुग्ने देखिदैन, नियमित रुपमा अघि बढिरहने छ । शैक्षिक उन्नयन प्रति सबैको साथ सहयोग अरु विश्वविद्यालयको लागि पनि अनुकरणीय छ भने यसले सम्पूर्ण विश्वविद्यालय परिवारका लागि मात्र होइन आम नागरिकका लागि थप भरोसा दिलाएको छ ।