नयाँ पाठयक्रम लागु गर्न नहुने भनि हालेको रीटको पेसी पुस १३ गते


काठमाडौ /८ – पुस कक्षा ११ र १२ को नयाँ पाठयक्रम लागु गर्न नहुने भन्दै सर्वोच्च अदालतमा हालिएको रीटको अहिले सम्म सुनुवाई हुन सकेको छैन ।

कार्तिकमा हालिएको रीटमा प्रारम्भिक सुनुवाई गर्दे सर्वेच्च अदालतले नयँ पाठयक्रम तत्काल लागु नगर्न अल्पकालिन अन्तरीम आदेश दिए पनि रीटको छिनोफानो भने अहिले सम्म भएको छैन ।

सुनुवाईको मिति पुुस ६ गतेलाइ तोकिए पनि पुराना मुद्धाको सुनुवाई गर्दा गर्दे पालो नआए पछि पुुस १३ गतेलाई पेसी तोकिएको स्रोतले बताएको छ ।


उक्त रिटको सुनुवाई नहुँदा विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थाहरु कुन पाठ्यक्रमका आधारमा पठनपाठन गर्ने अलमलमा परेका छन ।