५६० जनालाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्दै सीटीईभीटी, आवेदन फारम खुला


काठमाडौं/२४ मंसिर–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५ सय ६० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ ।
सीटीईभीटीले एसएलसी अन्तर्गत २ सय ८० जना र डिप्लोमा तहमा २ सय ६० जनालाई निःशुल्क पढाउने भएको हो । सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समुदायका ५ सय ६० जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अनुसार निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षाको आवेदन खुलाएको छ ।
मंगलबार सूचना जारी गर्दै सीटीईभीटीले प्रवेश परीक्षाको आवेदन खुलाएको हो । इच्छुक विद्यार्थीहरुले मंसिर २९ गतेदेखि पुस २८ गतेभित्र आवदेन बुझाउनु पर्ने सीटीईभीटीले जनाएको छ ।