काठमाडौं/२४ मंसिर–नेशनल मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
सोमबार मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबीच चारबुँदे सहमति भएपछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिमा कलेज प्रशासनले शैक्षिक वर्ष ०७५/०७६ का पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन, होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने भएको छ ।
कलेजले आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले तोकेको शुल्क मात्र दिने र आन्दोलन गरेका आधारमा विद्यार्थीलाई पूर्वाग्रह नराख्ने सहमति भएको छ ।