कोरोनाका कारण प्याव्सन केन्द्रीय सल्लाहकार माधव मरहट्ठाको निधन


काठमाडौं /२६ कार्तिक – कोरोना भाइरसका कारण प्याव्सन केन्द्रीय सल्लाहकार माधव मरहट्ठाको निधन भएको छ । दशैँ अघि कोरोना पोजेटिभ देखिएको र स्वास्थ्यमा समस्या भएपछि मरहट्ठा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।


उनको आज बिहान ५ बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको परिवारले जानकारी दिएको छ । लामो समयदेखि पार्किन्सन तथा नशा सम्बन्धी रोगका कारणा थलिनु भएका मरहठ्टा कोरोना भाइरस पोजिटिभ देखिएको र उपचारका क्रममा निधन भएको हो ।


फ्लोरोसेन्ट माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक तथा वर्तमान अध्यक्ष समेत रहेका उनि अंग्रेजी व्याकरण तथा अन्य पुस्तकका लेखक पनि हुन । साथै शिक्षक संगठनको उपाध्यक्ष पदमा रहेर काम गर्नु भएको थियो भने प्याब्सनमा दुई दसकसम्म बिभिन्न पदमा रहेर काम गर्नु भएको थियो । हाल प्याव्सन केन्द्रीय सल्लाहकार थिए ।