काठमाडौं/१९ मंसिर– आजबाट सुरु भएको एमबिबिएस पहिलो वर्षको परीक्षा पाँच मेडिकल कलेजका विद्यार्थीले बहिस्कार गरेका छन् ।
युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् ।
चितवन, युनिभर्सल, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थी परीक्षा हलमा गएनन् भने गण्डकी मेडिकल कलेजका विद्यार्थीे एक घन्टा परीक्षा हलमा बसेर बाहिर निस्केका छन् ।
यसैगरी, बुधबार भएको नर्सिङ, फार्मेसी, बिएमआइटीलगायत आठ वटा संकायका विद्यार्थीले पनि परीक्षा बहिस्कार गरेका थिए । युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यालर्थीले परीक्षा बहिस्कार गरेका थिए ।
चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले परीक्षा बहिस्कार गरेको जनाउँदै प्रवेश पत्र समेत जलाएका थिए ।
मंसिर १० गते एमबिबिएस पहिलो र दोस्रो वर्षमा गैरकानुनी रुपमा उठाएको शुल्क फिर्ता गर्ने शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति विद्यार्थीको हितमा नभएको भन्दै विद्यार्थीले विरोध जनाउन परीक्षा बहिस्कार गरेका हुन् ।
पाँच मेडिकल कलेजका एमबिबिएस विद्यार्थीले गरे परीक्षा बहिस्कार
![](https://khabareducation.com/wp-content/uploads/2019/12/157545076279092912_2214785972147266_3402-1-735x400.jpg)