काठमाडौ /३१ भदौ – निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले अभिभावकलाई विद्यार्थीको अभिलेखीकरण गराउँन अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारि गरि अभिभावकर्लाइ सम्भव भएसम्म आफ्ना नानीबाबु पहिलेदेखि अध्ययन गरिरहेको विद्यालयमा सम्पर्क गरी अभिलेखीकरण गराउँन अनुरोध गरीएको छ ।
साथै विज्ञप्तिमा भनिएको छ कोरोना संक्रमणको अन्त्य कहिले हुने निश्चित नभएको र भौतिक रूपमा विद्यालयहरू सञ्चालन भई प्रत्यक्ष शिक्षण सिकाइ कृयाकलाप सुचारू हुने वा नहुने निश्चित नभएको परिस्थितिलाई मध्यनजर राख्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाललाई वैकल्पिक शिक्षण सिकाइलाई नै वैधानकिता दिने निर्णय गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ समेत जारी गरेको छ । विद्यालयहरूले विद्यार्थीहरूको भर्ना गर्ने, अभिलेखीकरण गर्ने, विद्यार्थीहरूको तथ्याङ्क विवरण तयार गरी स्थानीय पालिका मार्फत नेपाल सरकारलाई बुझाउने, आफ्ना विद्यार्थीहरू मध्ये भर्चुअल कक्षाको पहुँचमा भएका, अनलाइनको पहुँचमा भएका, टेलिभिजन, रेडियो, एफएम रेडियो आदिबाट प्रदान गरिने दूरशिक्षाको पहुँचमा भएका र उल्लेखित माध्यमका पहुँच बाहिर रहेका विद्यार्थीहरूको विवरण तयार गरी कार्ययोजना तयार गर्नुपर्ने गरी निर्देशिका जारी भएको छ । विद्यार्थीहरूले सिकेका आधारमा उनीहरूको निरन्तर मूल्याङ्कन गर्नुपर्ने, परीक्षा समेत लिनुपर्ने विषय प्रष्टाएको छ । साथै भौतिक रूपमा विद्यालय सञ्चालन भएपछि उल्लेखित विधिबाट भए गरेको सिकाइलाई समेत पाठ्यभारमा गणना गरिने जानकारि दिएको छ ।
एक शैक्षिक–सत्र खेर जाँदा शिक्षण सिकाइ कृयाकलापमा पर्न जाने अपुरणीय क्षतिलाई मध्यनजरमा राख्दै शैक्षिक–सत्र खेर जान नदिन तीनै तहका सरकार, अन्य सरोकारवाला निकायहरू लगायत आम जनसमुदायले आ–आफ्ना स्थानबाट सकारात्मक भूमिका निर्वाह गरिदिन प्याब्सनले आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक सङ्घ–संस्थाहरू, विद्युत् सेवा प्रदायक सङ्घ–संस्था, भर्चुअल, अनलाइन, दूरशिक्षा प्रदायक सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाहरूलाई यस विषम् परिस्थितिमा अत्यन्तै जिम्मेवार पूर्ण ढङ्गले आ–आफ्ना सेवा र सुविधालाई भरपर्दो र सहुलियत दरमा उपलब्ध गराइ सहयोग पु¥याइदिनु हुनका लागि प्याब्सनले अपिल गरेको छ ।
प्रत्यक्ष रूपमा पढाइ लेखाइको अभ्यास गर्दै आएका नानीबाबुहरूका लागि सिकाइमा भईरहेको नयाँ अभ्यासलाई भरपर्दो र प्रभावकारी बनाउन अभिभावकहरूको भूमिका महŒवपूर्ण र अपरिहार्य भएकोले आ–आफ्ना नानीबाबुहरूले के कसरी अध्ययन गरिरहेका छन्, समय तालिकालाई अनुुसरण गरेका छन छैनन् र नियमित गृहकार्य गरिरहेका छन छैनन् भन्ने विषयमा गम्भीर बनेर आवश्यक सहयोग गर्न विज्ञप्तिमा भनिको छ ।
साथै बाध्यात्मक अवस्थामा विद्यालय परिवर्तन गर्नुपर्ने भएमा अघिल्लो शैक्षिक सत्रमा अध्ययन गरेको विद्यालयबाट स्थानान्तरण प्रमाण–पत्र प्राप्त गरी नयाँ विद्यालयमा भर्ना गराउँनु र आफ्ना नानीबाबु नेपाल सरकारले वर्गीकरण गरेको शिक्षण सिकाइको कुन माध्यमका पहँुचमा छन् त्यसको जानकारी सम्बन्धित विद्यालयमा गराउँन अभिभावकलाइ आग्रह गरेको छ ।